महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न सरकार गम्भीर छ : गृहमन्त्री खाँड « Khabarhub

महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न सरकार गम्भीर छ : गृहमन्त्री खाँड


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिकाविरुद्धका हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन् ।

महिला तथा बालबालिकामाथि हुने हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आज गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले महिला तथा बालबालिका माथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताएका हुन् ।

“सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढङ्गले जनता बाँच्न पाउने सुरक्षा अनुभूति र सुरक्षा राज्यले प्रदान गर्छ”, उनले भने ।

सञ्जालकी अध्यक्ष कल्याणी रिजालले मुलुकमा पछिल्लो समय महिला हिंसाको घटना बढेको भन्दै महिला तथा बालबालिकामा हुने हिंसाको निष्पक्ष छानविन गरी अपराधीलाई हदैसम्मको सजाय र पीडितलाई उचित राहतको व्यवस्था गर्न गृहमन्त्रीसँग आग्रह गरिन् ।

सञ्जालले निषेधाज्ञाका समयमा महिला तथा बालबालिकामाथि बलात्कार, हत्याजस्ता अमानवीय र क्रुर घटना बढेको बताएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : ३७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले