भिरबाट लडेर युवा सङ्घका जिल्ला सदस्यको मृत्यु | Khabarhub Khabarhub

भिरबाट लडेर युवा सङ्घका जिल्ला सदस्यको मृत्यु


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- भिरबाट लडेर गम्भीर घाइते भएका युवा सङ्घ बैतडीका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट लडेर भाट घाइते भएका थिए । घाइते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ बजे धनगढी रेफर गरिएको थियो ।

उनको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका एक छोरा र श्रीमती छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : १० बजे

ललितपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं- ललितपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको

सानोथिमि प्रहरी प्रभागमा आगजनी गर्ने चार पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसरले जेनजी आन्दोलनका क्रममा गत भदौ

नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूलाई

रास्वपा बैठकमै नगएका गणेश कार्की भन्छन्: बाबुराम, कुलमान र बालेनलाई भित्र्याउने गरी लागिरहेको छु (अन्तर्वार्ता)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्की पछिल्लो केही साता

भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको रास्वपाको स्वीकार

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विस्तारित बैठकमा कार्यवाहक