जर्मन बुन्डेसलिगा : बोरुसिया डर्टमण्डको संघर्षपूर्ण जित « Khabarhub

जर्मन बुन्डेसलिगा : बोरुसिया डर्टमण्डको संघर्षपूर्ण जित


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले संघर्षपूर्ण जित निकालेको छ ।

शुक्रबार राति डर्टमण्डले रोमाञ्चक खेलमा होफेनहेमलाई ३–२ को अन्तरले  हराएको हो ।

खेलको अन्तिम मिनेटमा बराबरी गोल गर्दै मुनास डाब्बरले होफेनहेमको हार टार्न खोजे पनि सम्भव भएन । इन्ज्युरी समयमा इर्लिङ हालान्डले विजयी गोल गरे ।

खेलमा अग्रता डर्टमण्डले जियोभन्नी रेनाको गोलबाट लिएको थियो । क्रिस्टोफ बाउमगार्टनरले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए । लगत्तै १८ वर्षिया बेलिङ्गहमले डर्टमण्डलाई पुन अग्रता दिलाए ।

होफेनहेले खेलको ९०औँ मिनेटमा डाब्बरको गोलबाट खेल बराबरी गर्न सफल भयो । इन्ज्युरी समयमा हालान्डले गोल गर्दै डर्टमण्डलाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितसहित डर्टमण्ड ३ खेलबाट ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । होफेनहेमको ३ खेलबाट समान ६ अंक भएपनि गोल अन्तरका आधारमा चौथो स्थानमा छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : ४० बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी