कोरोनाविरुद्धको खोप नलगाएकाको भिसा नवीकरण नगर्ने ओमानको घोषणा « Khabarhub

कोरोनाविरुद्धको खोप नलगाएकाको भिसा नवीकरण नगर्ने ओमानको घोषणा


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- ओमानले कोरोनाविरुद्धको खोप नलगाएकाको भिसा नवीकरण नगर्ने भएको छ ।

ओमानमा आगामी सेप्टेम्बरदेखि भिसा नवीकरण गर्नका लागि कोरोना विरुद्धको खोपको एक डोज लगाएको हुनुपर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यस्तै अक्टोबरदेखि लागि खोपको दुवै डोज लगाएको मात्र भिसा नवीकरण हुने जनाएको छ ।

ओमानमा कोरोना भाइरसको अनुगमन/मूल्याङ्कन गरिरहेको सर्वोच्च कमिटीले भिसा, खोपलगायतका विषयमा पत्रकार सम्मेलन गरी नयाँ निर्णय सार्वजनिक गरेको हो ।

यस्तै, कमिटीका अनुसार २०२१ को जनवरीदेखि जारी गरिएका भिसाको म्याद पनि डिसेम्बरसम्मको लागि निःशुल्क थप्न सकिने भएको छ ।  नेपालमा रहेकाहरुले आरओपीको वेबसाइटबाट भिसा नवीकरण गर्न सकिने जनाइएको छ ।

ओमान बाहिर बसेको ६ महिनाभन्दा बढी भएको छ भने रोजगारदातामार्फत आरओपी कार्यालयमा सम्पर्क गर्नुपर्ने दूतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ ओमान प्रवेश गर्ने नयाँ नियम :

सेप्टेम्बरदेखि ओमान प्रवेश गर्ने नेपाली यात्रुहरुले त्यहाँको सरकारले मान्यता दिएका खोपको पूर्ण मात्रा लगाएको हुनुपर्नेछ । अन्तिम खोप यात्रा गर्नुभन्दा कम्तीमा १४ दिन अगाडि लगाएको हुनुपर्ने दूतावासले जनाएको छ ।

ओमानले फाइजरबायोनटेक, अक्स्फोर्डअस्ट्राजेनेका, गमालेया स्पुतनिक भी, मोडेर्ना, कोभिसिल्ड(भारतमा बनेको), सिनोभ्याक(कोरोनाभ्याक), सिनोफार्म(भेरोसेल) र जोनसन एण्ड जोनसन गरि आठ कम्पनीका खोपलाई मान्यता दिएको छ ।

यात्रा गर्नुपूर्व सबै यात्रुले ट्यारासुद प्लस मोबाइल एप डाउनलोड गरि आफ्नो अन्य विवरणलगायत क्यूआर कोडसहितको खोप लगाएको प्रमाण तथा पीसीआर प्रमाणपत्र समेत अपलोड गर्नुपर्ने दूतावासले जनाएको छ ।

उडानपूर्व ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट हुनुपर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ भने पीसीआर नेगेटिभ भएकाहरुले क्वारेनटाइन बस्नुपर्ने छैन ।

थप केही समस्या भएमा वा केही बुझ्नुपरेमा दूतावासको सम्पर्क नम्बर २४६९६१७७ र २४६९६८८३ र हटलाइन नम्बर ७१५९२४९० मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ९ : २५ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी