जिल्ला सभापतिको माग आंशिक पूरा भएपछि कांग्रेस पौडेल समूह छलफलमा « Khabarhub

जिल्ला सभापतिको माग आंशिक पूरा भएपछि कांग्रेस पौडेल समूह छलफलमा


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफू पक्षीय जिल्ला सभापतिहरुको माग आंशिक पूरा भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा शनिबार बिहान भएको बैठकमा धर्नमा बस्दै आएका जिल्ला सभापतिहरु पनि सहभागी भएको जनाइएको छ ।

क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने तथा जिल्ला सभापति उठ्नेको मापदण्ड एउटै हुनुपर्ने मागसहित आन्दोलित भएकाहरुको माग आंशिक पूरा भएपछि अब कसरी अघि बढ्ने भन्नेबारे बैठकले धारणा तय गर्ने जनाइएको छ ।

बैठकमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत छन्।

जिल्ला सभापतिहरू गत बुधबारदेखि सानेपामा रिले अनसन बसेका छन् । उनीहरुको मागमा पौडेल पक्षले ऐक्यवद्धता जनाएको छ ।

जिल्ला सभापतिहरु माग अनुसार नै क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको कांग्रेस संस्थापन पक्षले जनाएको छ । प्रारम्भिक चरणमा ४८ जिल्लाका क्रियाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको र बाँकी क्रमश सार्वजनिक गर्दै जाने काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : १० बजे

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत