कांग्रेस पौडेल पक्षको निष्कर्ष : माग पूरा हुने सुनिश्चित भयो, महाधिवेशनमा जुटौँ | Khabarhub Khabarhub

कांग्रेस पौडेल पक्षको निष्कर्ष : माग पूरा हुने सुनिश्चित भयो, महाधिवेशनमा जुटौँ


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको माग पूरा हुने सुनिश्चित भएकाले अब महाधिवेशनमा एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ ।

धर्नामा बस्दै आएका जिल्ला सभापतिहरु पनि सहभागी भएको पौडेल पक्षको बैठकले संस्थापन पक्षले माग पूरा गर्ने पक्रिया थालेकाले अब एकजुट भएर महाधिवेशनमा ध्यान केन्द्रित गर्ने निर्णय भएको नेता प्रकाशमान सिंहले जानकारी दिए ।

क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने तथा जिल्ला सभापति उठ्नेको मापदण्ड एउटै हुनुपर्ने मागसहित आन्दोलित भएकाहरुको आंशिक माग पूरा भएपछि अब कसरी अघि बढ्ने भन्नेबारे पूर्वमहामन्त्री सिंहको निवास चाक्सिबारीमा शनिबार बिहान छलफल भएको थियो ।

‘भदौ १८ मा देशभरका सबै ६ हजार ८४३ वटै वडामा अधिवेशन शुरू गर्न संस्थापन पक्ष तयार भएको छ, ४८ जिल्लाको क्रियाशील सदस्यता विवरण पनि सार्वजनिक हुन थालेको छ’, सिंहले भने,’बाँकी जिल्लाको पनि क्रमश सार्वजनिक गर्न दबाब दिँदै अब महाधिवेशनमा एकजुट हुन जिल्ला सभापतिहरुलाई अनुरोध गरिएको छ ।’

जिल्ला सभापतिहरु माग अनुसार नै क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको कांग्रेस संस्थापन पक्षले जनाएको छ । प्रारम्भिक चरणमा ४८ जिल्लाका क्रियाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको र बाँकी क्रमश सार्वजनिक गर्दै जाने काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत थिए ।

जिल्ला सभापतिहरू गत बुधबारदेखि सानेपामा रिले अनसन बसेका छन् । उनीहरुको मागमा पौडेल पक्षले ऐक्यवद्धता जनाएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ११ : ११ बजे

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर – पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु