काबुलमा अमेरिकी सैनिक मारिएपछि बाइडेन निशानामा « Khabarhub

काबुलमा अमेरिकी सैनिक मारिएपछि बाइडेन निशानामा


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी प्रतिनिधि सभामा शीर्ष रिपब्लिकन नेताले अमेरिकी राष्ट्रपति जो बाइडेनको कडा निन्दा गरेका छन् ।

अफगानिस्तानको काबुल विमानस्थलको बाहिर भएको विस्फोटमा १३ जना अमेरिकी सैनिक मारिएपछि रिपब्लिकन नेता केभिव म्याकार्थीले डेमोक्रेटिक सभामुख न्यान्सी पेलोसीसँग सल्लाह नगरी सदनका सदस्यहरुलाई अगस्टको विदाकै बीचमा कानुन बनाउने विषयमा बिचार गर्न भनेका छन् ।

उनले कानुन बनाएपछि अफगानिस्तानबाट सबै अमेरिकी नागरिकको उद्धार नभएसम्म अफगानिस्तानमै बस्नुपर्ने बताएका छन् । उनले पत्रकार सम्मेलनमा भने, ‘यो त्यो नेतृत्व होइन, जुन राष्ट्रपतिले प्रतिवद्धता गरेका थिए । यो कमजोरी र अयोग्यताको तस्वीर हो । कमान्डर इन चिफ भएको हैसियतले अमेरिकी जनतामा विश्वास, आस्था र साहस चाहिन्छ, यी सबै राष्ट्रपति बाइडेनले गुमाएका छन् ।’

अफगानिस्तानमा १३ जना अमेरिकी सैनिक मारिएपछि म्याकार्थीले यो कुरा भनेका हुन् । उता बाइडेनले ३१ अगस्टसम्म अमेरिका र उसका सहयोगी सैनिक अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिने बताइसकेका छन् ।

सभामुख पेलोसीको सचिवलायले म्याकार्थीको निवेदनमा टिप्पणी गर्न अस्वीकार गरेको छ । तर आइतबारका एक शीर्ष सहयोगीले ट्वीट गर्दै भनेका थिए, ‘अल्मतका नेताहरु मिसन जारी राख्न चाहन्छन् र कमान्डर इन चिफको अधिकार अभियानको निकै जोखिमपूर्ण समयमा कटौति गर्न चाहन्छन् ।’

बाइडेनभन्दा पहिला रिपब्लिकन राष्ट्रपति रहेका डोनाल्ड ट्रम्पले तालिबानसँग अमेरिकी सेनाहरुको अफगानिस्तानबाट फिर्तीबारे कुरा गरेका थिए । बाइडेनको राजीनामा, महाअभियोग र अन्य मागबारे कैयौं कन्जरभेटिभ नेताहरुले नजरअन्दाज गरेका छन् । राजीनामाको मागबारे म्याकार्थीलाई सोधिएको प्रश्नमा उनले नजरअन्दाज गरेका छन् । उनले भनेका छन्, ‘एक दिन हिसाब किताब हुनेछ । जुन दिन हामी सबैलाई अफगानिस्ताबाट बाहिर ल्याउने छौं त्यसपछि हामी प्रश्न र उत्तर गर्नेछौं । यी गल्तिहरुका लागि को ठिक ठिक जिम्मेदार छन् ।’

२० वर्ष लामो अफगानिस्तान मिसन समाप्त पार्दै अमेरिकी सेना यही अगस्टमा पूर्ण रुपमा काबुल छाड्दै छ । अमेरिकी सेना अफगानिस्तानबाट फर्किन सुरु गरेको केही हप्तामै इस्लामिक कट्टरपन्थी तालिबानले काबुललाई नियन्त्रणमा लिएपछि अफगानिस्तानमा उथलपुथल भएको छ ।

यहीबीचमा काबुलस्थित विदेशी दूतावासहरु बन्द भएका छन् । विदेशी नागरिक र अफगानीहरु देश छाडेर हिँडिरहेका बेला गत विहीबार काबुल विमानस्थलको भिडभाड भएको स्थानमा दुई वटा आत्मघाति बम विस्फोट भएका थिए । आईएसके ले जिम्मेवारी लिएको सो आक्रमणमा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा १७० जना मारिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

अफगानिस्तानबाट अमेरिका फर्किन थालेपछि राष्ट्रपति बाइडेनको आलोचना सुरु भएको थियो । काबुल आक्रमणपछि उनको आलोचना झन बढेको छ । (एजेन्सीहरु)

 

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ३ : २४ बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित