स्थानीय तहको बेथिती, चुलो खरिदमा अनियमितता ! | Khabarhub Khabarhub

स्थानीय तहको बेथिती, चुलो खरिदमा अनियमितता !


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– ‘पूर्ण जातीय छुवाछुतमुक्त अभियान’अन्तर्गत भेरी नगरपालिका–११ कटी गाउँस्थित दलित बस्तीमा वितरण गरिएका धुवाँरहित चुलो खरिदमा अनियमितता भएको बताइएको छ ।

कमसल खालका चुलो वितरण गरेर बढी बिल पेश गरी अनियमितता गरेको स्थानीयवासीको गुनासो छ । धुवाँरहित आधुनिक फलामे चुलो वितरण गर्ने भनि सम्झौता गरिए पनि टिनको कमसल खालको चुलोे वितरण गरिएको स्थानीयवासी दलबहादुर कामीले बताए । उनले आफूले लिएको चुलो एक दिन मात्र प्रयोग गरेर थन्क्याएको उल्लेख गर्दै टिनको चुलो भएकाले बाल्नेबित्तिकै निकै तातिने र वल्डिङ गरेको ठाँउबाट टुट्ने समस्या भएपछि चुलो प्रयोग गर्न छोडेको बताए । उनले चौरजहारीमा एक हजार ७०० पर्ने चुलोलाई सुर्खेतबाट १० हजारमा ल्याएको नक्कली बिल पेश गरेर आफूहरुलाई ठगी गरेको आरोप लगाए ।

नगरपालिकाले चुलो खरिद र वितरणका लागि कटिगाउँ कृषक समूहसँग सम्झौता गरी जिम्मा दिएको थियो । समूहमा नरबहादुर ऐर कामी अध्यक्ष, वीरमान वर कामी सचिव र मित्रकली वर कामी कोषाध्यक्ष छन् । तर चुलो कति रकममा खरिद गरियो भन्ने कुरा समितिका पदाधिकारीसमेत अनभिज्ञ छन् । समितिका अध्यक्ष नरबहादुरले आफूलाई फसाइएको बताए ।

“सस्तोमा खरिद गरेर समितिका पदाधिकारीलाई समेत गुमराहमा राखेर लाटासोझा मान्छेलाई ठग्ने कार्य भयो । यसमा मेरो पनि चित्त बुझेको छैन”, उनले भने । उनका अनुसार कोषाध्यक्षका श्रीमान् अमृत वर कामीले नै १३८ चुलो खरिद गरेर ल्याएका हुन् । विश्वासका आधारमा खाली चेकमा हस्ताक्षर गरेर आफूहरुले अमृतलाई दिएको र उनैले सुर्खेतबाट चुलो किनेर ल्याएका हुन् ।

अध्यक्ष नरबहादुरले नगरपालिकाबाट रु १३ लाख ५६ हजार निकासा भएकामा सम्झौताअनुसार अनुगमन र केही चुलो खरिदका लागि रु दुई लाख ५० हजार नगरपालिकालाई दिएको बताए । त्यस रकमबाट २० वटा चुलो किनेर उपलब्ध गराएको उनले बताए । नगरले उपलब्ध गराएका चुलो राम्रो भएको तर समितिले खरिद गरेका चुलो निकै कमसल भएको उनको भनाइ छ । नगरपालिकाले दिएका चुलो राम्रो भएको र समितिले दिएको चुलो कमसल भएपछि गाउँमा विरोध भएको अध्यक्ष नरबहादुरले स्वीकार गरे ।

नगरपालिकाले दिएका २० चुलो राम्रो भएपछि खोसाखोस परेको थियो । जसले सक्यो उसैले लियो । पछि जानेले कमसल चुलो पाए स्थानीयवासीको भनाइ छ । कोषाध्यक्षका श्रीमान् अमृतले विपन्नलाई चुलो कार्यक्रमका लागि आफूले पहल गरेको तर खरिदमा आफ्नो संलग्नता नभएको दाबी गरे । “चुलो खरिद कहाँबाट भयो कसरी भयो मलाई केही जानकारी छैन”, उनले भने । भेरी नगरपालिका–११ का वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्यले पनि चुलो राम्रो नआएको भन्दै स्थानीयवासीले गुनासो गरिरहेको बताए ।

समितिका अनुसार नगरपालिकालाई चुलो खरिद र अनुगमनका लागि दिएको रु दुई लाख ५० हजार कटाएर बचेको रकमबाट १३८ चुलो रारा इञ्जिनीयर वर्कसप कम्पनी सुर्खेतबाट खरिद गरिएको थियो । एउटा चुलोको कम्तीमा आठ हजार बढी नै परेको देखिन्छ । जुन बजार मूल्यकोभन्दा निकै बढी हो । समितिका अध्यक्ष नरबहादुरले चित्त नबुझेर कम्पनीका धनबहादुर बुढालाई सम्पर्क गर्दा म के भनौँ साथीहरु उतै कुरा मिलाउहोस् भनेको बताए ।

नगरपालिकाबाट पूर्ण जातीय छुवाछुतमुक्त अभियानअन्तर्गतको रु १४ लाख ७५ हजार रकम आर्थिक वर्षको अन्त्यमा आएको हुँदा यसलाई फ्रिज गर्नुभन्दा दलित बस्तीमा चुलो वितरण गरौँ भन्ने असल मनसायले कटिगाउँमा रहेको कटिगाउँ कृषक समूहका नाममा गत असार ११ गते सम्झौता गरी रकम निकासा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिश शाहले बताए ।

उनले रकमसमेत समूहका नाममा निकासा दिइएको र खरिदसमेत उनीहरुले नै गरेकाले यसमा नगरपालिकाको संलग्नता नरहेको बताए । गुनासो आएकाले यस सम्बन्धमा के भएको हो आवश्यक छानविन गर्न सकिने उनको भनाइ छ । रासस

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ४ : ३५ बजे

टी-२० अलराउण्डरको वरीयतामा हार्दिक पाण्डेय शीर्ष स्थानमा

काठमाडौं– भारतलाई टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर

झिनो अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार 

काठमाडौं– मंगलबार धेरै उतारचढाव भएको शेयर बजार बुधबार भने सामान्य

नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीको हितरक्षाका निम्ति

मेस्सीले पेरिस ओलम्पिक नखेल्ने, अल्भारेजले खेल्ने

ब्यूनस आयर्स – लियोनेल मेस्सीले यसै महिनाको अन्तिममा फ्रान्सको पेरिसमा

इटहरी उपमहानगरको ‘उज्यालो इटहरी’अभियान सुरु 

इटहरी– इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी ’अभियान सुरु गरेको छ। अभियान