लागूऔषधसहित ४ जना पक्राउ « Khabarhub

लागूऔषधसहित ४ जना पक्राउ


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कास्कीको पोखरा महानगरपालिका ३० पावरहाउसस्थित सडकबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका २६ बुढीबजार बस्ने १८ वर्षीय किशोर लगायत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जादैँ गरेको ग१ ख ४२१४ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै पर्साको वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र डाइजेपाम १ सय एम्पुल सहित नवलपरासी (पश्चिम) बंजरिया गाउँपालिका( १बस्ने ४० वर्षीय अनिल भर चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ना८ प ५८९३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै बर्दिया, राजापुर नगरपालिका ४ राजापुर बजार बस्ने ३१ वर्षीय अलीम अन्सारीलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ७० ट्याब्लेट, स्पास्मो २ सय ६४ ट्याब्लेट र अल्परासाफी ४ सय २० ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले अन्सारीको सोही ठाउँस्थित अन्सारी बिर्यानी एण्ड कफी पसल तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ७ : ०५ बजे

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।