लागूऔषधसहित ४ जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित ४ जना पक्राउ


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कास्कीको पोखरा महानगरपालिका ३० पावरहाउसस्थित सडकबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका २६ बुढीबजार बस्ने १८ वर्षीय किशोर लगायत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जादैँ गरेको ग१ ख ४२१४ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै पर्साको वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र डाइजेपाम १ सय एम्पुल सहित नवलपरासी (पश्चिम) बंजरिया गाउँपालिका( १बस्ने ४० वर्षीय अनिल भर चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ना८ प ५८९३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै बर्दिया, राजापुर नगरपालिका ४ राजापुर बजार बस्ने ३१ वर्षीय अलीम अन्सारीलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ७० ट्याब्लेट, स्पास्मो २ सय ६४ ट्याब्लेट र अल्परासाफी ४ सय २० ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले अन्सारीको सोही ठाउँस्थित अन्सारी बिर्यानी एण्ड कफी पसल तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ७ : ०५ बजे

एनसेलले ल्यायो ‘बिज सधैँ अन’ मा मनसुन बिजनेस अफर 

काठमाडौं– एनसेलले ‘बिज सधैँ अन’ मा मनसुन बिजनेस अफर ल्याएको छ

एमालेको निष्कर्ष- ज्ञानेन्द्र शाहले फागुन ७ मा उकासेका राजावादीको मनोबल खस्किस्यो

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले पछिल्लो समय पार्टीमाथि चौतर्फी आक्रमण

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति

भक्तपुरमा तालाबन्दी गरिएका पानी उद्योगको ताला खुल्यो

भक्तपुर– यहाँको झौखलेका केही खानेपानी उद्योगमा प्रदूषित पानी बिक्री गरेको