दोस्रो पुस्ता पार्टीमा आए म अध्यक्ष पद हस्तान्तरण गर्न तयार छु : नेपाल | Khabarhub Khabarhub

दोस्रो पुस्ता पार्टीमा आए म अध्यक्ष पद हस्तान्तरण गर्न तयार छु : नेपाल


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई दोस्रो तहका नेताहरुले धोका दिएको बताएका छन् । शनिबार ललितपुरमा पेशगत महासंघ बागमती प्रदेश समितिद्वारा आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले कलम चिन्ह भएको नेकपा एकीकृत पार्टी र नेकपा लोकतापन्त्रक पार्टी पनि दोस्रो पुस्ताले खोलेको दावी गरे ।

केपी ओलीको प्रवृतिबिरुद्ध कुनै नयाँ पार्टी गठन गरौं भन्दै दोस्रो पुस्ताका नेताहरुले दुई वटा पार्टी निर्वाचन आयोगमा दर्ता गरेको उनको भनाइ छ । उनले यसअघि नयाँ पार्टी खोलौ भन्ने नेताहरुले नै आफुहरुको पार्टीको बिरोध गरेको आरोप लगाए । अध्यक्ष नेपालले दोस्रो पुस्ता आफ्नो पार्टी आए आफू अध्यक्ष पद नै हस्तान्तरण गर्न तयार रहेको स्पष्ट पारे ।

नेकपा (एकीकृत समाजवादी) गठन पदका लागि नभएर बिचार र सिद्धान्तका लागि गठन भएको उनले बताए । उनले बिचार मिल्ने शक्तिहरुसँग सहकार्य गरेर अघि बढ्ने धारणा राखे । अहिले नै कुनै पार्टीसँग एकता नगर्ने र पार्टीको आधार बलियो बनाउने उनले बताए । फरक प्रसंगमा उनले अन्य धर्म लिएका व्यक्तिलाई पशुपति बिकास कोषको सदस्य सचिव बनाउन आफुले पहल गरेको भनेर गलत भ्रम फैलाएको उल्लेख गरे ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : ०० बजे

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा

ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम्