भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार नयाँ संक्रमित « Khabarhub

भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार नयाँ संक्रमित


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

सरकारी अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा केराला राज्यमा ३२ हजार ८०१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । पछिल्ला केही दिनदेखि भारतको केरला राज्यमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा एकाएक वृद्धि भएको छ ।

औसतमा देशभरी दैनिक ३०÷४० हजारसम्म सङ्क्रमित हुने गरेको भारतमा अहिले केरलामा मात्रै त्यति सङ्क्रमित देखिन थालेका हुन् । केरलामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरी नै चासो र चिन्ता थपिएको स्वास्थ्य अधिकारीले बताएका छन्।

देशभरी दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेका बेला केरलामा फेरि अत्यधिक बढेपछि सबैको ध्यान केरलातर्फ मोडिएको छ ।

केरलाको मात्रै कूल सङ्क्रमितको सङ्ख्याभन्दा मुलुकको बाँकी सबै ठाउँमा सङ्क्रमितको सङ्ख्या थोरै रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा देशभरी सङ्क्रमितको सङ्ख्या ४६ हजार ७५९ रहेको छ । सोही अवधिमा कोरोनाका कारण मात्रै देशभरी मृत्यु भएकाको सङ्ख्या ५०९ रहेको अधिकारीले जानकारी दिएका छन् । तीमध्ये १७९ जना केरलाका मात्रै रहेका छन् ।

भारतमा अहिले कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २६ लाख ४९ हजार ९४७ पुगेको छ भने तीमध्ये तीन लाख ५९ हजार ७७५ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा भारतमा ३१ हजार ३७४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड १८ लाख ५२ हजार ८०२ पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कूल चार लाख ३७ हजार ३७० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । एएनआई

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : ३० बजे

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार