समुन्द्री यी ५ जीव जो मानिसभन्दा बढी बाँच्छन् « Khabarhub

समुन्द्री यी ५ जीव जो मानिसभन्दा बढी बाँच्छन्


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैज्ञानिकको अध्ययनअनुसार मानिसको सर्वाधिक आयू अधिकतम १५० वर्षभन्दा बढी हुँदैन । यतिमात्र होइन, वैज्ञानिकको अध्ययनमा विश्वमा सबैभन्दा बढी बाँच्ने जनावर समुन्द्रका रहेको पाइएको छ । जसअनुसार केही जीवको आयू सयौं वर्ष हुने पाइएको छ ।

बोहेड व्हेल (बालाएना मिस्टिकेटस) सबैभन्दा बढी बाँच्ने स्तनधारी हो । नेशनल ओशनिक एण्ड एटमस्फेरिक एडमिनिस्ट्रेशनका अनुसार व्हेलको सटीक जीवनकाल पत्ता लगाउन गाह्रो हुन्छ । तर समुन्द्रमा पाइएको केही प्रमाण अनुसार बोहेड व्हेल १ सय वर्षसम्म औसत बाँच्ने र २ सय वर्षभन्दा बढीसम्म बाँच्ने पाइएको छ ।

वाशिन्गटन डिपार्टमेन्ट अफ फिस एण्ड वाइल्डलाइफका अनुसार रफआई रकफिश (Sebastes aleutianus) सबैभन्दा लामो जीवत माछामध्ये एक हो । यसको अधिकतम उमेर घटिमा २०५ बर्ष हुन्छ । गुलाबी वा खैरो रंगको यो माछा कैलिफोर्नियादेखि जापानसम्म प्रशान्त महासागरमा पाउन सकिन्छ ।

फ्रेशवाटर पर्ल मसेल्स (Margaritifera margaritifera) पानीबाट भोजनको कणलाई फिल्टर गर्दछ । यो मुख्य रूपमा नदिमा पाइन्छ । जीव विश्व वन्यजीव कोष (डब्ल्युडब्ल्युएफ)का अनुसार अमेरिका, बेलायतसहित यूरोप र उत्तरी अमेरिकामा पाइने यो जीव २८० वर्षसम्म पाउन सकिन्छ ।

ग्रीनल्याण्ड शार्क (Somniosus microcephalus) महासागरको गहराईमा पाइन्छ । क्यानडाको सेन्ट लरेन्स शार्क वेधशालाका अनुसार, २४ फीट लामो यो जीवको उमेर ४ सय बर्षसम्म हुन्छ । यसको खाना भनेको अन्य साना माछा र सिल हो ।

ट्यूबवर्म अकशेरूकीय लम्बी आयू भएको जीव मानिन्छ । द साइन्स अफ नेचर जर्नलमा प्रकाशित सन् २०१७ को अध्ययन अनुसार मेक्सिकोको खाडीमा समुन्द्र मुनी पाइने यो जीवको एक प्रजाति एस्कार्पिया लैमिनाटा नियमित रूपमा २ सय बर्षसम्म जीवित रहन सक्छ । यतिमात्र होइन, केही ट्यूबवर्म ३ सय वर्षसम्म बाँचेको पाइएको छ ।

स्रोत : जी न्यूज

 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १० : ०८ बजे

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा