समुन्द्री यी ५ जीव जो मानिसभन्दा बढी बाँच्छन् | Khabarhub Khabarhub

समुन्द्री यी ५ जीव जो मानिसभन्दा बढी बाँच्छन्


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैज्ञानिकको अध्ययनअनुसार मानिसको सर्वाधिक आयू अधिकतम १५० वर्षभन्दा बढी हुँदैन । यतिमात्र होइन, वैज्ञानिकको अध्ययनमा विश्वमा सबैभन्दा बढी बाँच्ने जनावर समुन्द्रका रहेको पाइएको छ । जसअनुसार केही जीवको आयू सयौं वर्ष हुने पाइएको छ ।

बोहेड व्हेल (बालाएना मिस्टिकेटस) सबैभन्दा बढी बाँच्ने स्तनधारी हो । नेशनल ओशनिक एण्ड एटमस्फेरिक एडमिनिस्ट्रेशनका अनुसार व्हेलको सटीक जीवनकाल पत्ता लगाउन गाह्रो हुन्छ । तर समुन्द्रमा पाइएको केही प्रमाण अनुसार बोहेड व्हेल १ सय वर्षसम्म औसत बाँच्ने र २ सय वर्षभन्दा बढीसम्म बाँच्ने पाइएको छ ।

वाशिन्गटन डिपार्टमेन्ट अफ फिस एण्ड वाइल्डलाइफका अनुसार रफआई रकफिश (Sebastes aleutianus) सबैभन्दा लामो जीवत माछामध्ये एक हो । यसको अधिकतम उमेर घटिमा २०५ बर्ष हुन्छ । गुलाबी वा खैरो रंगको यो माछा कैलिफोर्नियादेखि जापानसम्म प्रशान्त महासागरमा पाउन सकिन्छ ।

फ्रेशवाटर पर्ल मसेल्स (Margaritifera margaritifera) पानीबाट भोजनको कणलाई फिल्टर गर्दछ । यो मुख्य रूपमा नदिमा पाइन्छ । जीव विश्व वन्यजीव कोष (डब्ल्युडब्ल्युएफ)का अनुसार अमेरिका, बेलायतसहित यूरोप र उत्तरी अमेरिकामा पाइने यो जीव २८० वर्षसम्म पाउन सकिन्छ ।

ग्रीनल्याण्ड शार्क (Somniosus microcephalus) महासागरको गहराईमा पाइन्छ । क्यानडाको सेन्ट लरेन्स शार्क वेधशालाका अनुसार, २४ फीट लामो यो जीवको उमेर ४ सय बर्षसम्म हुन्छ । यसको खाना भनेको अन्य साना माछा र सिल हो ।

ट्यूबवर्म अकशेरूकीय लम्बी आयू भएको जीव मानिन्छ । द साइन्स अफ नेचर जर्नलमा प्रकाशित सन् २०१७ को अध्ययन अनुसार मेक्सिकोको खाडीमा समुन्द्र मुनी पाइने यो जीवको एक प्रजाति एस्कार्पिया लैमिनाटा नियमित रूपमा २ सय बर्षसम्म जीवित रहन सक्छ । यतिमात्र होइन, केही ट्यूबवर्म ३ सय वर्षसम्म बाँचेको पाइएको छ ।

स्रोत : जी न्यूज

 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १० : ०८ बजे

फेरि एक पटक अन्तरिक्ष उडानमा ब्लू ओरिजिन

काठमाडौं– अन्तरिक्ष यात्रा गर्ने सबैको सपना हुन्छ । तर त्यस्ता

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं – कथावाचक साइग्रेस पोखरेलको श्रव्य उपन्यास ‘अधुरो प्रेम’को कथामा

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुई महिनापछि संसद्मा उभिएर

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं– कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’

काठमाडौं – सहकारी ठगी आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि