भारतमा चार महिनायताकै कम संक्रमण, २४ घण्टामा १४ हजारमा संक्रमण « Khabarhub

भारतमा चार महिनायताकै कम संक्रमण, २४ घण्टामा १४ हजारमा संक्रमण


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

नयाँ संक्रमितको यो संख्या ४ महिना यताकै कम हो । दोस्रो लहर शुरू भएयता नयाँ संक्रमितको संख्या यति न्युन भएको थिएन ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३६ लाख ९३ हजार १४८ पुगेको छ ।

भाइरसको संक्रमण कम हुँदै गएको भारतमा सक्रिय संक्रमितको संख्या पनि घट्न थालेको छ ।

संक्रमणमुक्त हुँदै जानेको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या घटेको हो । वर्ल्डो मिटर्सका अनुसार मंगलबार बिहानसम्म भारतमा २ लाख ९७ हजार ८५ जना सक्रिय संक्रमित छन् ।

यस्तै कोरोना भाइरसको संक्रमणपछि त्यहाँ मृत्यु हुनेको संख्या ४ लाख ४७ हजार ४०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १८१ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : ३० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित