भारतमा चार महिनायताकै कम संक्रमण, २४ घण्टामा १४ हजारमा संक्रमण « Khabarhub

भारतमा चार महिनायताकै कम संक्रमण, २४ घण्टामा १४ हजारमा संक्रमण


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

नयाँ संक्रमितको यो संख्या ४ महिना यताकै कम हो । दोस्रो लहर शुरू भएयता नयाँ संक्रमितको संख्या यति न्युन भएको थिएन ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३६ लाख ९३ हजार १४८ पुगेको छ ।

भाइरसको संक्रमण कम हुँदै गएको भारतमा सक्रिय संक्रमितको संख्या पनि घट्न थालेको छ ।

संक्रमणमुक्त हुँदै जानेको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या घटेको हो । वर्ल्डो मिटर्सका अनुसार मंगलबार बिहानसम्म भारतमा २ लाख ९७ हजार ८५ जना सक्रिय संक्रमित छन् ।

यस्तै कोरोना भाइरसको संक्रमणपछि त्यहाँ मृत्यु हुनेको संख्या ४ लाख ४७ हजार ४०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १८१ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : ३० बजे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु