यमनमा हुथी विद्रोही र गठबन्धन सेनाबीच भिडन्त, ६७ जनाको मृत्यु « Khabarhub

यमनमा हुथी विद्रोही र गठबन्धन सेनाबीच भिडन्त, ६७ जनाको मृत्यु


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाबीच भएको भिडन्तमा कम्तीमा ६७ जनाको मृत्यु भएको छ ।

देशको मुख्य शहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले सोमबार जानकारी दिएको छ ।

इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो ।

यही महिना मात्रै अरू पनि दर्जनौँ लडाकूहरू मारिएको स्रोतले जनाएको छ । मारिबमा लगातार झडप हुन थालेपछि हजारौँ स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

प्रान्तभरी रहेका शरणार्थी शिविरहरूमा २० लाखभन्दा बढी शरणार्थी रहेका छन् ।

‘पछिल्लो २४ घण्टामा मारिब र शाब्वामा भएका हवाई आक्रमण तथा झडपमा परी हुथी विद्रोही र यमनी उदारवादी पक्षका गरी ६७ जनाको मृत्यु भएको छ’, सैन्य स्रोतले भन्यो ।

अस्पताल स्रोतले पनि ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । विद्रोहीहरूले भने कहिले कहिले मात्रै आफ्नो तर्फको क्षति स्वीकार्ने गरेका छन् ।

सैन्य स्रोतले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा साउदी अरब नेतृत्वको गठवन्धन सेनाले २० हवाई आक्रमण गरेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ११ : ३५ बजे

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको

मक्कालाई लक्षित गरेको आरोपमा हुथीविरुद्ध साउदीको ‘रेड लाइन’ चेतावनी

एजेन्सी– यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको

भेडापालनका लागि स्थानीयलाई अनुदान

भोजपुर– हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ