मन्त्री चयन गर्न बस्ने भनिएको माओवादी स्थायी कमिटी बैठक स्थगित « Khabarhub

मन्त्री चयन गर्न बस्ने भनिएको माओवादी स्थायी कमिटी बैठक स्थगित


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्री चयनका लागि आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएसँगै प्रधानमन्त्री शेरबहादुर  देउबाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि माओवादीले मन्त्री हुनेको नाम आजै टुंगो लगाउने तयारी गरेको थियो ।

तर आन्तरिक छलफल गरेर मात्रै अध्यक्ष पुष्पमल दाहालले बिहीबार ११ बजे बैठकमा नाम प्रस्ताव गर्ने गरी आज अपराह्न ३ बजे तय गरिएको बैठक स्थगित भएको नेता गणेश शाहले जानकारी दिए ।

अध्यक्ष प्रचण्डको सचिवालयले भने बैठकमा महाधिवेशन केन्द्रित विषयमा नै छलफल गरिने बताएको थियो ।

सोमबारको बैठकले महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो । मंगलबार त्यही हेरफेर गरिएको समयमा गुर्नपर्नै संगाठानिक कामबारे छलफल हुने जनाइएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ११ : ११ बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा