डुबेर बेपत्ता किशोरको शव फेला | Khabarhub Khabarhub

डुबेर बेपत्ता किशोरको शव फेला


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ ।

सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बिगु गाउँपालिका–४ लादुकका १८ वर्षीय टीकाराम तामाङको शव आज बिहान प्रहरीले फेला पारेको हो ।

तामाङको शव पोखरीभित्र हिलोमा गाडिएको अवस्थामा आज बिहान फेला परेको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए ।

घर नजिकै शान्ति आर्दश माविसँगै रहेको पोखरीमा तामाङ हिजो दिउँसो साथीसँग पौडी खेल्न गएको र पोखरीमा डुबेर बेपत्ता भएका थिए ।

डुबेर बेपत्ता भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय सिङगटीको टोली घटनास्थलमा खोजीको लागि पुगेको भए पनि राति खोजी गर्न समस्या भएपछि स्थानीयवासीको सक्रियतामा आज बिहान शव फेला पारेको प्रहरीले जनाएको छ ।

परीक्षणका लागि शवलाई चरीकोट अस्पतालमा ल्याउने तयारी भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १० : ३० बजे

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई