परराष्ट्र मन्त्री खड्काको शपथ ग्रहण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

परराष्ट्र मन्त्री खड्काको शपथ ग्रहण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको शपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ। खड्काले यही असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका थिए ।

अधिवक्ता विशाल न्यौपानेले शपथको कुनै ढाँचाबिना नै शपथ गराइएको भन्दै सो बदर गर्नुपर्ने जिकिर गर्दै रिट दायर गरेका हुन् । यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गराएको शपथ ग्रहणमा प्रश्न उठेपछि अध्यादेशमार्फत शपथ ग्रहणको ढाँचा ल्याइएको थियो । तर, सो अध्यादेश अहिले निष्क्रिय भइसकेको छ ।

यता सरकारले शपथ ग्रहणसम्बन्धी कानून बनाउने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शपथ ग्रहणसम्बन्धी विधेयक स्वीकृत गरेको थियो ।

 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ०२ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था