कन्हैया कुमार कांग्रेसमा प्रवेश « Khabarhub

कन्हैया कुमार कांग्रेसमा प्रवेश


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय कम्युनिष्ट पार्टीका चर्चित नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गरेका छन् । उनी मंगलबार कांग्रेसमा प्रवेश गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतको राजधानी दिल्लीस्थित कांग्रेस पार्टीको कार्यालयमा पूर्वअध्यक्ष राहुल गान्धीको उपस्थितिमा उनी कांग्रेस प्रवेश गरेका हुन् ।

कन्हैया कुमार भारतको जहवारलाल नेहरु विश्वविद्यालय (जेएनयू) का छात्रा संघको अध्यक्ष निर्वाचित भएपछि भारतमा चर्चित भएका थिए । उनी गत आम निर्वाचनमा भारतीय कम्युनिष्ट पार्टीको उम्मेदवारका रुपमा बिहारको बेगसुराय निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए । तर भाजपाका उम्मेदवारसँग पराजित भएका थिए ।

उनले सत्तारुढ भाजपाले देश बिगारेको र कांग्रेस बचेमात्र देश बच्ने भन्दै कांग्रेसमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् । उनले कांग्रेसले नै महात्मा गान्धीको विचारलाई अगाडि बढाउने भन्दै त्यसैले आफू कांग्रेसमा सामेल भएको बताएका छन् ।

कन्हैया कुमारसँगै मंगलबार अर्का चर्चित युवा नेता गुजरातका विधायक जिग्नेश मेडवाणी पनि कांग्रेस प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : ०० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित