प्राविधिक परीक्षणपछि बुद्ध एयरको एटीआर जहाज सञ्चालनमा « Khabarhub

प्राविधिक परीक्षणपछि बुद्ध एयरको एटीआर जहाज सञ्चालनमा


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्राविधिक समस्याका कारण सोमबार आपत्कालीन अवतरण गरिएको बुद्धएयरको एटीआर ७२ जहाज प्राविधिक परीक्षणपछि आजबाट पुनः सञ्चालनमा आएको छ ।

प्राविधिक समस्याका कारण इण्डिकेटरले काम नगर्दा जहाजले करीब दुई घण्टा आकाशमा फन्को लगाएको थियो ।

सोमबार बिहान ७३ यात्रु लिएर काठमाडौँबाट विराटनगर विमानस्थल उडे पनि अवतरणका क्रममा रहेको उक्त जहाजको चक्का नखुलेपछि पुनः काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरिएको थियो ।

नाइन एन एएनआइ कलसाइनको उक्त जहाजको प्राविधिक टोलीले मिहिन परीक्षण गरेको थियो । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा जहाजले आज बिहानैदेखि सेवा थालेको कम्पनीले जनाएको छ ।

७२ जना क्षमताको बुद्धको जहाजलाई प्राधिकरणको प्राविधिक टोलीले पनि परीक्षण गरेको थियो । जहाजमा प्राविधिक समस्या नरहेको बुद्धएयरले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ४५ बजे

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा