बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गर्ने युवक पक्राउ « Khabarhub

बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गर्ने युवक पक्राउ


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरा – सिरामा बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको कल्याणपुर नगरपालिका- १० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ गरेको हो ।

व्यक्तिगत रिसिइबीका कारण यादवले महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बोक्सीको आरोप लगाई आफूमाथि कुटपिट गरी अमानवीय व्यवहार गरेको पीडितको उजुरीका आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो । उनलाई आजै अदालतमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ९ : ४२ बजे

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री 

वीरगञ्ज– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं– इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री,

प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंगलबार दलको नेता छान्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि

वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा