प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे छलफल भएको छैन : माधव नेपाल « Khabarhub

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे छलफल भएको छैन : माधव नेपाल


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनेबारे सत्ता गठबन्धनमा अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् ।

जबराको राजीनामा मागसँगै महाभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला सत्ता साझेदार एक पार्टीका अध्यक्ष नेपालले आज बिहीबार बिहान धनगढीमा पत्रकारहरूसँग यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन ।’

केही दिन अघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने सबै न्यायाधीशको राजीनामा माग गरेका थिए । तर, नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए । ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको जिकिर छ ।

मन्त्रिषपरिसद्मा भागवण्डा खोजेको भन्दै प्रधानन्यायाधीश जबराविरुद्ध चर्को आवाज उठेको छ। सर्वोच्चकै न्यायाधीशले बेन्च बहिस्कार गरेर उनको राजीनामा मागिरहेका छन् भने नेपाल बार एसोसियन पनि उनीविरुद्ध आन्दोलनमा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १० : ३१ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ