तिहारमा फूलको माग १५ प्रतिशतले बढ्यो, मूल्य घट्यो « Khabarhub

तिहारमा फूलको माग १५ प्रतिशतले बढ्यो, मूल्य घट्यो

सयपत्रीको साढे २ लाख माला आयात गरिने


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तिहारमा अत्याधिक मात्रामा खपत हुने फूलहरु हुन् सयपत्री, मखमली र गोदावरी ।

उत्पादन कम र खपत बढि भएसँगै हरेक वर्ष भारतबाट फूल आयात हुने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष तिहारमा फूलको माग बढेको छ । माग बढेपनि मूल्य भने घटेको छ ।

यस वर्ष सयपत्री, मखमली र गोदावरी गरी १८ लाख ६५ हजार मालाको माग फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान) ले जनाएको छ ।

जसमध्ये १३ लाख १८ हजार वटा माला आन्तरिक उत्पादनले पूर्ति हुनेछ भने २ लाख ३२ हजार वटा माला आयात गरिनेछ ।

तिहारलाई १५ लाख ५० हजार वटा सयपत्री फूलको मालाको माग रहेको छ । औसतमा प्रतिमाला ५५ रुपैयाँ पर्ने फ्यानका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् । अघिल्लो वर्ष प्रतिमाला ६५ रुपैयाँ रहेको थियो ।

त्यस्तै बजारमा ३ लाख मखमलीको माला माग छ भने थोक बजार मुल्य प्रतिमाला ३५ रुपैयाँ छ । अघिल्लो वर्ष २ लाख मालाको माग थिया भने मूल्य प्रतिमाला ५० रहेको थियो ।

गोदावरी फूलको मालाको माग र मूल्य भने उस्तै छ ।

यसवर्ष तिहारमा (पाँच दिन) मा मात्र १० करोड ९ लाख रुपैयाँको फूलको कारोबार हुने अपेक्षा गरिएको छ ।

यस वर्ष अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बजारमा माग वृद्धि हुने अनुमान फ्यानको छ ।

बेमौसमी वर्षाले फूलमा क्षति

कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले फूल व्यवसायमा पनि क्षति पुर्‍याएको छ । तिहारका लागि बारीमा फूल टिप्ने र आम्दानी गर्ने बेलामा क्षति पुगेको छ ।

‘किसानले तिहारलाई फूल टिपेर पछि पनि त्यही बोटबाट उत्पादन लिन सक्थे’ तामाङले भने, ‘तिहारका लागि फुलेको फूल मात्रै बिग्रेको हो । बिरुवा रहेका ठाउँमा तिहारपछि पनि त्यही बोटबाट फेरि फूलको उत्पादन हुन्छ ।’

अध्यक्ष मीन बहादुर तामाङका अनुसार बेमासौमी वर्षाले सबभन्दा बढी लुम्बिनी प्रदेशमा क्षति पुर्‍याएको छ । उक्त प्रदेशमा उत्पादित ७० प्रतिशत फूलमा क्षति पुगेको छ ।

लुम्बिनी प्रदेशबाट मात्रै तिहारका लागि २२ प्रतिशत माला बजारमा आउँथ्यो। त्यस्तै, बागमती प्रदेशका चितवन, मकवानपुर र धादिङमा २० प्रतिशत क्षति भएको छ। अन्य जिल्लामा भने न्यून क्षति भएको उनले बताए ।

वार्षिक कारोबार

फ्यानकाअनुसार आर्थिक वर्ष ०७५/०७६ मा २ अर्ब ४२ करोडभन्दा बढीको वार्षिक कारोबार भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा करिब ३ अर्ब भन्दा बढीको कारोबारको प्रक्ष्येपण रहेको थियो । यद्यपी मुलुक कोरोना भाइरस माहामारीको चपेटामा परेसँगै पूर्ण रुपले बजार बन्द भयो । जसमा २ अर्ब १५ करोडमा कारोबार सीमित रह्यो ।

गत आर्थिक वर्ष पनि निषेधाज्ञाका कारण फूलको व्यवसायिक कारोबार हुन नसक्दा १ अर्ब ६३ करोडको मात्र कारोबार भएको फ्यानले जनाएको छ ।

पुष्प व्यवसायको विस्तार

नेपालमा वि.स. २०११ सालबाट पुष्प व्यवसाय शुरु भएको थियो ।

पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरुको संख्या बढ्दै गएकाले स्वदेशका विभिन्न जिल्लाहरुमा यी फुलको उत्पादन हुन थालेका छन् । स्थानीय स्तरमा उत्पादन भएका फूलले केही मात्रामा भएपनि स्थानीय क्षेत्रका माग पूरा हुने गरेको छ ।

नेपालभर १ सय ५७ हेक्टर क्षेत्रफलमा ४३ जिल्लामा अहिले पुष्प खेती सञ्चालन भइरहेका छन् । यद्यपी फूलको आयत भने वर्षेनि बढिरहेको छ ।

फुल उत्पादन भएपनि समयमै फूल नफुल्नु, स्थानीय रैथाने जातका फूलहरु बढि उत्पादन हुनु जस्ता समस्याका कारण वर्षेनि फूलको आयत गर्नु परेको तामाङ बताउँछन् ।

काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट लगायत २८ जिल्लामा सयपत्री फूलको व्यावसायिक उत्पादन भइरहेको छ ।

त्यस्तै काठमाडौँको चाँगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी बडिखेल क्षेत्र, कैलाली, पाल्पा, धादिङ्ग र इलाममा मखमली फूलको व्यावसायिक खेती भइरहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ११ : ३७ बजे

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा

युद्धले घेरिँदै अमेरिका : इजरायलबाट स्पेनी राजदूत फिर्ता, विद्यालयमा बम आक्रमणको इटालीद्वारा आलोचना

म्याड्रिड- स्पेनले औपचारिक रूपमा इजरायलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ।