तिहारमा फूलको माग १५ प्रतिशतले बढ्यो, मूल्य घट्यो « Khabarhub

तिहारमा फूलको माग १५ प्रतिशतले बढ्यो, मूल्य घट्यो

सयपत्रीको साढे २ लाख माला आयात गरिने


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तिहारमा अत्याधिक मात्रामा खपत हुने फूलहरु हुन् सयपत्री, मखमली र गोदावरी ।

उत्पादन कम र खपत बढि भएसँगै हरेक वर्ष भारतबाट फूल आयात हुने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष तिहारमा फूलको माग बढेको छ । माग बढेपनि मूल्य भने घटेको छ ।

यस वर्ष सयपत्री, मखमली र गोदावरी गरी १८ लाख ६५ हजार मालाको माग फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान) ले जनाएको छ ।

जसमध्ये १३ लाख १८ हजार वटा माला आन्तरिक उत्पादनले पूर्ति हुनेछ भने २ लाख ३२ हजार वटा माला आयात गरिनेछ ।

तिहारलाई १५ लाख ५० हजार वटा सयपत्री फूलको मालाको माग रहेको छ । औसतमा प्रतिमाला ५५ रुपैयाँ पर्ने फ्यानका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् । अघिल्लो वर्ष प्रतिमाला ६५ रुपैयाँ रहेको थियो ।

त्यस्तै बजारमा ३ लाख मखमलीको माला माग छ भने थोक बजार मुल्य प्रतिमाला ३५ रुपैयाँ छ । अघिल्लो वर्ष २ लाख मालाको माग थिया भने मूल्य प्रतिमाला ५० रहेको थियो ।

गोदावरी फूलको मालाको माग र मूल्य भने उस्तै छ ।

यसवर्ष तिहारमा (पाँच दिन) मा मात्र १० करोड ९ लाख रुपैयाँको फूलको कारोबार हुने अपेक्षा गरिएको छ ।

यस वर्ष अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बजारमा माग वृद्धि हुने अनुमान फ्यानको छ ।

बेमौसमी वर्षाले फूलमा क्षति

कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले फूल व्यवसायमा पनि क्षति पुर्‍याएको छ । तिहारका लागि बारीमा फूल टिप्ने र आम्दानी गर्ने बेलामा क्षति पुगेको छ ।

‘किसानले तिहारलाई फूल टिपेर पछि पनि त्यही बोटबाट उत्पादन लिन सक्थे’ तामाङले भने, ‘तिहारका लागि फुलेको फूल मात्रै बिग्रेको हो । बिरुवा रहेका ठाउँमा तिहारपछि पनि त्यही बोटबाट फेरि फूलको उत्पादन हुन्छ ।’

अध्यक्ष मीन बहादुर तामाङका अनुसार बेमासौमी वर्षाले सबभन्दा बढी लुम्बिनी प्रदेशमा क्षति पुर्‍याएको छ । उक्त प्रदेशमा उत्पादित ७० प्रतिशत फूलमा क्षति पुगेको छ ।

लुम्बिनी प्रदेशबाट मात्रै तिहारका लागि २२ प्रतिशत माला बजारमा आउँथ्यो। त्यस्तै, बागमती प्रदेशका चितवन, मकवानपुर र धादिङमा २० प्रतिशत क्षति भएको छ। अन्य जिल्लामा भने न्यून क्षति भएको उनले बताए ।

वार्षिक कारोबार

फ्यानकाअनुसार आर्थिक वर्ष ०७५/०७६ मा २ अर्ब ४२ करोडभन्दा बढीको वार्षिक कारोबार भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा करिब ३ अर्ब भन्दा बढीको कारोबारको प्रक्ष्येपण रहेको थियो । यद्यपी मुलुक कोरोना भाइरस माहामारीको चपेटामा परेसँगै पूर्ण रुपले बजार बन्द भयो । जसमा २ अर्ब १५ करोडमा कारोबार सीमित रह्यो ।

गत आर्थिक वर्ष पनि निषेधाज्ञाका कारण फूलको व्यवसायिक कारोबार हुन नसक्दा १ अर्ब ६३ करोडको मात्र कारोबार भएको फ्यानले जनाएको छ ।

पुष्प व्यवसायको विस्तार

नेपालमा वि.स. २०११ सालबाट पुष्प व्यवसाय शुरु भएको थियो ।

पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरुको संख्या बढ्दै गएकाले स्वदेशका विभिन्न जिल्लाहरुमा यी फुलको उत्पादन हुन थालेका छन् । स्थानीय स्तरमा उत्पादन भएका फूलले केही मात्रामा भएपनि स्थानीय क्षेत्रका माग पूरा हुने गरेको छ ।

नेपालभर १ सय ५७ हेक्टर क्षेत्रफलमा ४३ जिल्लामा अहिले पुष्प खेती सञ्चालन भइरहेका छन् । यद्यपी फूलको आयत भने वर्षेनि बढिरहेको छ ।

फुल उत्पादन भएपनि समयमै फूल नफुल्नु, स्थानीय रैथाने जातका फूलहरु बढि उत्पादन हुनु जस्ता समस्याका कारण वर्षेनि फूलको आयत गर्नु परेको तामाङ बताउँछन् ।

काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट लगायत २८ जिल्लामा सयपत्री फूलको व्यावसायिक उत्पादन भइरहेको छ ।

त्यस्तै काठमाडौँको चाँगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी बडिखेल क्षेत्र, कैलाली, पाल्पा, धादिङ्ग र इलाममा मखमली फूलको व्यावसायिक खेती भइरहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ११ : ३७ बजे

वीरगञ्जको बीपी उद्यान अतिक्रमण गर्ने व्यवसायीलाई हटाइयो

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरेर

सुदूरपश्चिम महोत्सवमा ‘थारू कला प्रदर्शनी घर’

कैलाली– सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई