प्रधानन्यायाधीशले तोके इजलास, सुनुवाइ अनिश्चित « Khabarhub

प्रधानन्यायाधीशले तोके इजलास, सुनुवाइ अनिश्चित


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आज पनि इजालास तोकेका छन् । तर, सुनुवाइ हुने नहुने अनिश्चित छ ।

जवराकोको राजीनामा माग्दै इजलास अघोषितरुपमा बहिष्कार गरिरहेका न्यायाधीशले उनले तोकेको इजलास सोमबारदेखि नै बहिष्कार गर्दै आएका छन् । जिल्ला र उच्च अदालतको आदेशले थुनामा परेकाहरुले दिएको निवेदनहरु आफ्नै इजलासमा राखेर पेशी तोकेका जवराले आफूबाहेकको बृहत पूर्ण इजलास पनि तोकेका छन् ।

उनले वरिष्ठतम न्यायाधीश दीपक कार्कीको नेतृत्वमा मीरा खड्का, हरिकृष्ण कार्की, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्मा रहेको बृहत पूर्ण इजलास तोकेका हुन्।

जवराले ३ जना थुनुवाको मुद्दा आफ्नै इजलासमा पेशी तोकेका छन् । साथै उनले पछिल्ला साता सर्वोच्च अदालतमा दर्ता भएका निवेदनहरु पनि आफ्नै इजलासमा राखेका छन् ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले आफूलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको भनी दर्ता गरेको निवेदन, अदालतको क्षेत्राधिकार मिचेर सेनाको सैनिक अदालतले कारवाही गरेको विषय जोडिएको लगायतका मुद्दा जबराले आफ्नै इजलासमा राखेका हुन् । योसहित उनले आफ्नो इजलासमा २८ वटा मुद्दाको पेसी तोकेका छन् ।

जबराले आजका लागि १६७ मुद्दाको पेसी चढाए पनि न्यायाधीशहरुको वहिष्कार तथा  सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएकाले सुनुवाइको सम्भावना कम रहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १२ : १४ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए