राजनीति

रवीन्द्र मिश्रले पार्टी फुटाउनु भयो, अब अदालतमा भेट हुन्छ : पाण्डे

By खबरहब

October 28, 2021

काठमाडौँ– विवेकशील साझा पार्टीले अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको चर्चित प्रतिवेदन पारित गरेपछि सो पार्टीका संयोजक मिलन पाण्डेले पार्टी फुटाएको प्रतिक्रिया दिएका छन् । मिश्रको प्रतिवेदनमा संघीयता खारेज गर्ने र राजतन्त्र तथा हिन्दु धर्मबारे जनमत संग्रह गर्ने उल्लेख छ ।

पाण्डे समूहले यसको काउन्टरमा अर्को प्रतिवेदन ल्याएको थियो । तर, बिहीबार पार्टीले मिश्रको प्रतिवेदन पारित गरेपछि पार्टी दोस्रो पटक विभाजनको डिलमा पुगेको छ ।

संयोजक पाण्डेले अनाधिकृत बैठक गरेर प्रतिवेदन पारित गरेको प्रतिक्रिया दिए । उनले बिहीबारको बैठकमा आफ्नो समूहका सदस्यहरु सहभागी नभएको बताए । उनले मिश्रलाई एकलौटी रुपमा बैठक बोलाउने अधिकार नै नभएको दाबी गरे ।

उनले खबरहबसँग भने, ‘उहाँहरुसँग बहुमत नै छैन । छ भन्ने लाग्छ भने अब अदालत र निर्वाचन आयोगमा भेट हुन्छ । मिश्रले दोस्रो पटक पार्टी फुटाउनु भयो ।’

यसअघि पनि विवेकशील साझा पार्टी विभाजित भएको थियो । र पछि फेरि एकीकरण भएको थियो ।