राजदूतमा सिफारिस शर्मा, खत्री र आचार्य को हुन् ? « Khabarhub

राजदूतमा सिफारिस शर्मा, खत्री र आचार्य को हुन् ?


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले डा. शंकर शर्मालाई भारत, प्राध्यापक श्रीधर खत्रीलाई अमेरिका र ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि राजदूतमा सिफारिस गरेको हो ।

सरकारले सिफारिस गरेका तीनै जना वरिष्ठ कूटनीतिज्ञ हुन् । भारतका लागि सिफारिस शर्मा अमेरिकाका लागि राजदूत भइसकेका व्यक्ति हुन् । उनी अर्थविद् हुन् । उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका छन् भने संविधान निर्माणका क्रममा उनले राज्यको स्रोत साधनको बाँडफाँडका विषयमा संविधानसभालाई विज्ञका रुपमा सहयोगसमेत गरेका थिए ।

यस्तै अमेरिकाका लागि सिफारिस भएका प्राध्यापक खत्री साउथ एसिया सेन्टर फर पोलेसी स्टडिज काठमाडौँका कार्यकारी निर्देशक, रिजनल सेन्टर फर स्ट्राटेजिक स्टडिज कोलम्बोका पूर्वकार्यकारी निर्देशक र कार्यकारी निर्देशक इन्स्टिच्युट अफ फरेन अफयेर्स काठमाडौँका कार्यकारी निर्देशक हुन् । उनले सिटी कलेज न्यूयोर्क र कोलम्बिया युनिभसिर्टीबाट स्नातकोत्तर गरेका छन् । उनी लन्डन स्कुल अफ इकोनोमिक्सका भिजिटिङ स्कलर हुन् ।

यस्तै बेलायतका सिफारिस आचार्य वरिष्ठ कूटनीतिज्ञ हुन् । उनी संयुक्त राष्ट्र संघको उपमहासचिबसमेत रही सकेका छन् । न्यूयोर्कस्थित राष्ट्रसंघीय कार्यालयमा नेपालका स्थायी प्रतिनिधिसमेत रहेका छन् । आचार्य नेपालका वरिष्ठ करिअर डिप्लोम्याट हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ८ : ०९ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर