जनप्रतिनिधिले आफ्नो क्षेत्राधिकार थाहा नपाउँदा नागरिकता पाइनन् सुनिताले « Khabarhub

जनप्रतिनिधिले आफ्नो क्षेत्राधिकार थाहा नपाउँदा नागरिकता पाइनन् सुनिताले


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– वडा सचिवले हस्ताक्षर गर्ने ठाउँमा वडा सदस्यले हस्ताक्षर गर्दा महिनौँदेखि डोल्पाका एक दम्पत्तीले नागरिकता पाउन सकेका छैनन् ।

जनप्रतिनिधिलाई आफ्नो क्षेत्राधिकारका विषयमा सामान्य जानकारी नहुँदा सर्वसाधारण नागरिकले दुस्ख पाउने गरेका छन् ।

रुकुम पश्चिमअन्तर्गगत आठबिसकोट नगरपालिका ४ का वडा सदस्यले जन्म दर्ताको प्रमाणपत्रमा आफैँ हस्ताक्षर गरेपछि डोल्पाका एक दम्पत्तीले महिनौँ दुस्ख पाएका हुन् ।

वडा सदस्य एवं कार्यवाहक अध्यक्ष जयरूपे कामीले पञ्जिकाधिकारीले गर्नुपर्ने ठाउँमा आफैँले जन्म दर्ता प्रमाणपत्रमा हस्ताक्षर गरेर दिएपछि उक्त नगरपालिकाबाट विवाह गरेर डोल्पा त्रिपुरासुन्दरी नगरपालिका१ आएकी सुनिता बिकले नेपाली नागरिकता लिन खोज्दा सास्ती खेपेकी हुन् ।

उनले माइतीमा हुँदा नागरिकता बनाएकी थिइनन् । उनले जन्म दर्ता पनि गरेकी थिइनन् । विवाह गरेर आइसकेपछि डोल्पाबाटै नागरिकता बनाउने सल्लाह भयो ।

त्यसपछि श्रीमान् सन्देश कुलाललाई लिएर जन्मदर्ता प्रमाणपत्र लिन आफू जन्मेको ठाउँको वडा कार्यालयमा पुगिन् ।

वडा कार्यालयमा वडा अध्यक्ष थिएनन् । वडा सदस्यले हस्ताक्षर गरेर प्रमाण दिए । उक्त प्रमाणपत्रसहित अन्य कागजात मिलाएर नागरिकता लिन श्रीमान्‌सहित जिल्ला प्रशासन कार्यालय डोल्पामा पुगिन् उनी ।

उनीहरूले लिएका कागजात हेर्ने क्रममा कर्मचारीले सिधै ुजन्म दर्तामा जनप्रतिनिधिले हस्ताक्षर गर्न मिल्दैन, त्यस कारण हामीले नागरिकता दिन सक्दैनौँ । तपाईंहरू पुनः वडा सचिव अर्थात् पञ्जिकाधिकारीले हस्ताक्षर गरेको जन्मदर्ता प्रमाणपत्र लिएर आउनुहोस्ु भनेर फर्काइदिएको बिकले बताइन् ।

उनले विवाह गरेर आएको त्रिपुराकोटबाट उनको जन्मथलो गोतामकोट पुग्न आरामले पैदल हिँड्ने हो भने दुई दिन लाग्छ।

कच्ची बाटो भएकाले जोखिमपूर्ण र झन्झटिले यात्रा गरेर करिब छ घण्टामा ठाउँठाँउमा गाडी परिवर्तन गरेर गोतामकोट पुग्न सकिन्छ । कुलालको परिवार विपन्न भएकाले सरपासट गरेर गोतामकोट पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालय डोल्पामा सेवाग्राहीको खासै भीडभाड हुँदैन । एकैछिनमा नागरिकता बन्छ भन्ने उनीहरूले सुनेका थिए । तर, प्रशासनले प्रमाणपत्रमा भएको त्रुटिको कारण देखाउँदै फर्काएपछि त्यो दिन नागरिकता नबनाई घर फर्किए ।

पुनः सिफारिस लिन माइती जाने सल्लाह भयो दम्पत्तीको । त्यसको केही दिनपछि फेरि पैसाको जोहो गरेर गोतामकोट पुगे उनीहरू । प्रशासनले भनेको सबै कुरा वडा कार्यालयमा पुगेर वडा सदस्यलाई राखे । जन्म दर्तामा सचिवको हस्ताक्षर गरेर दिनुपर्‍यो भने ।

कावा वडा अध्यक्ष जयरूपे कामीले उनीहरूको कुरा पत्याएनन् । यही सिफारिसले नागरिकता बन्ने भन्दै फर्काइदिए । सोझासाझा भएकाले वडा सदस्यको कुरा पत्याएर फेरि पहिलाकै प्रमाणपत्र लिएर फर्किए ।

डोल्पा घर पुगिसकेपछि त्यही प्रमाणपत्रसहित अन्य कागजात लिएर पुःस् जिल्ला प्रशासन कार्यालय डोल्पा पुगे । तर, प्रशासनले फेरि पनि फर्काइदियो । उनीहरूले ‘वडा सदस्यले यही प्रमाणपत्रले नागरिकता दिन मिल्छ । उतै केही कारणले नागरिकता नबनेको होला भन्नुभएको छ’ भनेर प्रशासनका कर्मचारीलाई वडा सदस्यले भनेको सबै कुरा बेलिविस्तार लाए । प्रशासनले अघिल्लो पटक भनेजस्तै पञ्जिकाधिकारीको हस्ताक्षर गरेको प्रमाणपत्र ल्याउन भन्दै पुनः फर्कायो ।

एउटा नागरिकता लिन महिनौँ दुःख पाएर पनि नागरिकता नबनेपछि मन खिन्न बनाई कुलाल दम्पत्ती घर फर्किए । त्यसपछि फेरि प्रमाणपत्र लिन जाने सोच नभएको श्रीमान् सन्देश कुलालले बताए । वडा सदस्यका कारणले श्रीमतीको नागरिकता लिन धेरै दुःख पाएको सन्देशले दुखेसो पोखे ।

‘जनप्रतिनिधिसँग थोरै पनि ज्ञान पनि नहुँदा धेरै दुःख पाइयो । समय पनि खर्च भयो, पैसा पनि खर्च भयो तर नागरिकता बनेन, उनले भने । अब नागरिकता बनाउने सोच नै हराएको उनले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १० : ५८ बजे

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको  अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष

विशेष महाधिवेशनमा विनोद चौधरी पनि उपस्थित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेता मानिएका

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको

कांग्रेस विशेष महाधिवेशनमा संस्थापन पक्षका को-को नेता पुगे ?

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेताहरू पनि

सिंहदरबारमा राजावादीको र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा