सुर्खेत सभापतिमा देउवा समूहका पोखरेल निर्विरोध निर्वाचित « Khabarhub

सुर्खेत सभापतिमा देउवा समूहका पोखरेल निर्विरोध निर्वाचित


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन पक्षका खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

क्षेत्रीय अधिवेशनमा पौडेल समूहका कसैले पनि महाधिवेशन प्रतिनिधिमा जित हात पार्न नसकेपछि देउवा पक्षका पोखरेलको एकल उम्मेदवारी परेको हो । सभापतिमा एकल उम्मेदवारी परे पनि अन्य पदहरुमा भने चुनाव हुने भएको छ ।

अन्य पदका लागि आइतबार मतदान हुँदैछ । संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । सहसचिवमा हरि विष्ट र प्रकाश डिसीको उम्मेदवारी परेको छ ।

यस्तै पौडेल पक्षले सभापति बाहेकका अन्य पदहरुका लागि उम्मेदवारी दिएको छ । पौडेल पक्षबाट उपसभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भीमबहादुर शाही र लोकबहादुर पन्तको उम्मेदवारी दर्ता भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १२ : ०५ बजे

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा– रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

सिन्धुपाल्चोक– नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं– अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग