दाङ कांग्रेसको सभापतिमा शंकर डाँगी « Khabarhub

दाङ कांग्रेसको सभापतिमा शंकर डाँगी


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाली कांग्रेस दाङको सभापतिमा शंकर डाँगी चयन भएका छन् । शनिवार सम्पन्न पहिलो चरणको निर्वाचनबाट सभापति चयन हुन नसकेपछि आइतबार पुनः मतदान गर्ने भनिएको थियो । तर, सभापतिको उम्मेदवारहरू शंकर डाँगी र भूपबहादुरबीच सहमति भएपछि डाँगीलाई सभापति घोषणा गरिएको हो ।

शनिवारको निर्वाचनमा डाँगीले सात सय ७६ र अर्का उम्मेदवार भूपबहादुर डाँगीले पाँच सय ४५ मत ल्याएका थिए । यस्तै, सभापतिका अर्का उम्मेदवार जानकीलाल बस्नेतले चार सय ७१ र कमलकिशोर घिमिरेले तीन सय १५ मत पाएका थिए ।शंकर डाँगी पौडेल निकट  हुन् ।

प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत नपाएपछि सभापतिको लागि आइतबार पुनः निर्वाचन हुने भनिए पनि सहमतिपश्चात् डाँगी सभापति बनेका हुन् । भूपबहादुरले डाँगीलाई सभापतिमा समर्थन गरेपछि उनलाई सभापति घोषणा गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १२ : ५५ बजे

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा– रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

सिन्धुपाल्चोक– नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं– अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग