शेयर बजारमा पहिरो, दोहोरो अंकले घट्यो नेप्से « Khabarhub

शेयर बजारमा पहिरो, दोहोरो अंकले घट्यो नेप्से


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । आइतबार बजार खुल्नासाथ ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदासम्म लगातार घट्यो । कारोबार भएका सबै १३ उपसमूहले गुमाउँदा बजार राताम्मे बन्यो ।

आइतबार नेप्से परिसूचक ८० दशमलव २९ अंकले घटेर २६५१.४९ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १४.१५ अंकले घटेर ५०१.४५ को बिन्दुमा पुगेको छ ।

आइतबार २३४ कम्पनीका १,१९,०३,२०२ कित्ता शेयर किनबेच हुँदा ५,८३,५१,३५,०५५ रुपैयाँको कारोबार भएको छ ।

गत शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षा गर्दा शेयर कर्जामा निर्धारण गरिएको सीमा परिवर्तन नगरेपछि आइतबार शेयर बजारमा त्यसको नकरात्मक असर परेको हो ।

यसअघि कर्जासम्बन्धी सो सीमा समीक्षामार्फत परिवर्तन गर्ने हुने आशामा लगानीकर्ताहरु थिए । तर, राष्ट्र बैंकले ४ करोडभन्दा धेरै ऋण लिन नपाइने सीमा परिवर्तन गरेन ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ३ : १६ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार