जाजरकोट बस दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट नेपालगन्ज लगियो « Khabarhub

जाजरकोट बस दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट नेपालगन्ज लगियो


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- नेपालगन्जदेखि राडिबजार आउँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस जाजरकोटमा राति दुई बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

कुशे-९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाहीको मृत्यु भएको छ । २९ जना घाइतेको उद्धार गरिएको थियो ।

बस दुर्घटनाका गम्भीर घाइते ६ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।

दुर्घटनामा बेहोस भएका उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । तीन जनाको अहिलेसम्म होस खुल्न सकेको छैन । कुशे-९ जाजरकोटका देवीसरा नेपाली, उनका श्रीमान् वीरबहादुर नेपाली र छोरा प्रचण्ड नेपालीलाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको हो । श्रीमान-श्रीमती दुवैको अवस्था चिन्ताजनक छ ।

त्यस्तै, नलगाड-४ कि आस्था वलीको अवस्था पनि गम्भीर छ । उनलाई पनि नेपालगञ्ज लगिएको छ । आठविसकोट-५ का शरद शाही र आठवीसकोट-४ रुकुम पश्चिमकी धर्मी मल्ललाई पनि हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको हो ।

उनीहरू सबैको अवस्था गम्भीर छ । त्यस्तै बिपना परियार, वर्षा परियार, अभिसेक परियार, दत्ते नेपाली, शेरबहादुर खत्री, मोहन खत्री, संगिता बुढा र काली बोहरालाई गाडीबाट नेपालगञ्ज पठाइएको छ ।

पाँच जना सामान्य उपचारपछि घर फर्किएका छन् । नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एक जनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : ११ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब