कांग्रेस काठमाडौँ महाधिवेशन : मतदान सकियो, केहीबेरमा मतगणना हुने « Khabarhub

कांग्रेस काठमाडौँ महाधिवेशन : मतदान सकियो, केहीबेरमा मतगणना हुने


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस काठमाडौँको मतदान सकिएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज बिहान १० बजेदेखि सुरु भएको मतदान केही बेर अगाडि सम्पन्न भएको हो । मतदानमा तीन हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधिले भाग लिएका छन् ।

काठमाडौँ कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाँले सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकाले आज रातिदेखि नै मतगणना गरिने जानकारी दिए ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको काठमाडौँमा १० निर्वाचन क्षेत्र, २० प्रदेश सभा निर्वाचन क्षेत्र, १० नगरपालिका र एक महानगरपालिका तथा १३८ वडा रहेका छन् । कांग्रेस काठमाडौँको वडा अधिवेशन, पालिका अधिवेशन, प्रदेशसभा क्षेत्र अधिवेशन र क्षेत्रीय अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ ।

काठमाडौँ कांग्रेसको सभापतिका लागि वर्तमान सभापति बानियाँ र क्षेत्र नं २ का सभापति उपेन्द्र कार्कीबीच समूहसहित प्रतिस्पर्धा भएको छ । बानियाँ समूहको उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी र सहसचिवमा रोमेल श्रेष्ठ र प्राडा अमिता प्रधानले उम्मेदवारी दिएका छन् ।

यस्तै कार्की समूहको उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी र सागर रञ्जित तथा सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेदवारी दिए ।

कांग्रेसको प्रदेश अधिवेशन यही मङ्सिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : ५२ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ