ओमाइक्रोन भेरियन्टको जोखिमपछि अफ्रिकन नागरिकलाई नेपाल प्रवेशमा रोक | Khabarhub Khabarhub

ओमाइक्रोन भेरियन्टको जोखिमपछि अफ्रिकन नागरिकलाई नेपाल प्रवेशमा रोक


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अफ्रिकामा कोरोनाभाइरसको ओमाइक्रोन भेरियन्ट पहिलो पटक पुष्टि भएपछि विश्वभर सतर्कता अपनाइएको छ ।

नेपालले पनि सम्भावित जोखिम टार्न अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ ।

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी नागरिकहरुलाई प्रवेश नदिन आइतबार निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको जानकारी दिए ।

अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत पीसीआर रिपोर्ट र उद्देश्यको आधारमा मात्र आवश्यक निर्णय लिन निर्देशन दिइएको प्रवक्ता पोखरेलले बताए ।

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : १६ बजे

बजारमा बढ्यो दसैँ चहलपहल (तस्बिरहरू)

काठमाडौं– दसैँ आउन लागेसँगै बजारमा भीड बढेको छ । खासगरी

मनोज सिलवालको वाचा : काम गर्न प्राधिकरणमा आएको हुँ, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउँछु

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड

माओवादीसँग एकताका लागि विप्लवले बनाए वार्ता टोली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी

सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक, विश्वविद्यालयको परीक्षाफल तीन महिनामै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा