ओमाइक्रोन भेरियन्टको जोखिमपछि अफ्रिकन नागरिकलाई नेपाल प्रवेशमा रोक « Khabarhub

ओमाइक्रोन भेरियन्टको जोखिमपछि अफ्रिकन नागरिकलाई नेपाल प्रवेशमा रोक


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अफ्रिकामा कोरोनाभाइरसको ओमाइक्रोन भेरियन्ट पहिलो पटक पुष्टि भएपछि विश्वभर सतर्कता अपनाइएको छ ।

नेपालले पनि सम्भावित जोखिम टार्न अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ ।

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी नागरिकहरुलाई प्रवेश नदिन आइतबार निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको जानकारी दिए ।

अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत पीसीआर रिपोर्ट र उद्देश्यको आधारमा मात्र आवश्यक निर्णय लिन निर्देशन दिइएको प्रवक्ता पोखरेलले बताए ।

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : १६ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ