कांग्रेस अधिवेशन: देउवाकै दुई प्यानल चुनावी मैदानमा « Khabarhub

कांग्रेस अधिवेशन: देउवाकै दुई प्यानल चुनावी मैदानमा


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ मा सोमबार १३ गते पुनः हुने क्षेत्रीय निर्वाचनमा देउवाकै दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यही ६ गते भएको क्षेत्रीय निर्वाचनमा मतदाता भन्दा बढी मत खसेको भन्दै पुनः मतदान हुन लागेको हो ।

एकतर्फ पूर्वराज्यमन्त्री गोबिन्द बहादुर शाह र पूर्व जिल्ला सभापति मेगराज खड्का नेतृत्वको प्यानल रहेको छ भने , अर्कोतर्फ हालका पार्टी सभापति भरत कुमार स्वारको नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धा गर्दै छ ।

पूर्वराज्यमन्त्री शाह र पूर्व पार्टी सभापति खड्का नेतृत्वमा टिकाराम खनाल, टेक बहादुर साउँद, राजन कुँवर, कृष्ण कुँवर (एन्जीला), राजेन्द्र शाह, राजन कुँवर, नृप बहादुर साउँद र काली बुढा रहेका छन् ।

यस्तै हालका पार्टी सभापति भरत कुमार स्वारले नेतृत्व गरेको प्यानलमा भक्त ठकुल्ला, राजेन्द्र खड्का, टेक बहादुर कुँवर, बल बहादुर कुँवर, तपेन्द्र शाह, मोहन कुँवर, भीमबहादुर साउँद, शेरबहादुर शाह र राम बहादुर कुँवर रहेका छन् ।

दुबै प्यानल आफू बलियो भएको दाबी गरिरहदा प्रारम्भिक आकलनमा पूर्व राज्यमन्त्री शाह र पूर्व पार्टी सभापति खड्काको नेतृत्वको प्यानल बलियो देखिएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ४५ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट