सपनाबारे जान्नुहोस् यी महत्वपूर्ण कुरा | Khabarhub Khabarhub

सपनाबारे जान्नुहोस् यी महत्वपूर्ण कुरा


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसले निदाएको बेला सपना देख्ने गर्दछन् । सपना केही राम्रा र केही खराब सपना हुने गर्दछ । स्वप्न शास्त्र अनुसार सपनाले शुभ–अशुभ दुवै फल दिन्छन् । सपनाको फल सपना आउने समय र सपनामा के देखियो त्यसले निर्धारित गर्दछ । कतिपयको मनमा सपनामा साँचो हुन्छ कि हुँदैन भन्ने जिज्ञासा हुन सक्छ । यसबारे स्वप्न शास्त्रमा बताइएको छ ।

– स्वप्न शास्त्र अनुसार रातको १० बजेदेखि १२ बजेको बीचमा देखिएको सपनाको कुनै फल प्राप्त हुँदैन । सामान्यता यी समयका सपना दिउँसो भएका घटना आसपासका हुन्छन् ।

– शास्त्र अनुसार रातको १२ बजेदेखि ३ बजे बीचमा देखिएको छ भने यो साँचो हुन सक्छ । तर यो समयमा देखिएको सपना वास्तविक जीवनको घटनामा आउन १ वर्ष लाग्न सक्छ ।

– ब्रम्हमुहूर्त अर्थात बिहानको ३ बजेदेखि ५ बजेका बीचमा देखिएको सपना अधिकांश साँचो हुन्छन् । यस समयमा देखिएको सपना वास्तविक जीवनको घटनामा आउन १ देखि ६ महिनासम्म लाग्न सक्छ ।

– दिउँसो देखिएका सपनाको कुनै अर्थ हुँदैन यी सपना साँचो नहुने शास्त्रीय मान्यता छ ।

किन बिहान देखिएका सपना साँचो मानिन्छ ?

बिहानीको समय व्यक्ति आफ्नो आत्माको अत्यन्त नजिक हुन्छ । यसै समयमा दैवीय शक्ति सक्रिय हुन्छन् । यसको असर पृथ्वीका हरेक सजीव, निर्जीव चीजमा पर्दछ । त्यसैले ब्रम्हमुहूर्तमा जागा रहन र भगवानको आराधना गर्न शास्त्रले सुझाएको हो ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : ५२ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन