प्रचण्डको प्रतिवेदनमा अमेरिकाले साझेदारलाई युद्धमा होम्ने तयारी गरेको आरोप « Khabarhub

प्रचण्डको प्रतिवेदनमा अमेरिकाले साझेदारलाई युद्धमा होम्ने तयारी गरेको आरोप


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) जारी आठौँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अमेरिकाले नयाँ युद्धको तयारी गरेको आरोप लगाएका छन् ।

प्रचण्डले प्रतिवेदनमा अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको उल्लेख गरेका छन् ।

‘वर्तमान परिस्थितिको समीक्षा’ अन्तरगतको उपशिर्षक ‘क’ मा रहेको अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा अन्तर्गत प्रचण्डले हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा थप सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाएको उल्लेख गर्दै भारतसँगको सम्बन्ध सुदृढ पार्नुका पछाडि पनि त्यही रणनीतिले काम गरेको लेखेका छन् ।

उनले प्रतिवेदनमा लेखेका छन्– वास्तवमा अमेरिका आफू मात्रै नभई आफ्ना साझेदारहरूलाई समेत लिएर युद्धमा जाने तयारी गरिरहेको संकेत स्पष्ट देखिएको छ ।

प्रचण्डले दस्तावेजमा लेखेका छन्– हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले दिएको जानकारी हेर्दा शीत युद्धकालीन मानसिकताका साथ चीन र रुससँगको प्रतिस्पर्धा अमेरिकाले चर्काएर लान खोजेको छ ।

बाइडेनको शासनले अमेरिका र चीनबीचको संघर्ष लोकतन्त्र र निरंकुशतन्त्र बीचको लडाइँको रूपमा व्याख्या गरिएको छ । रक्षा मन्त्रालयको समीक्षामा हिन्द प्रशान्त क्षेत्रमा साझेदारहरूसँग थप सहकार्य गर्न निर्देशन दिइएको छ भन्ने कुरा स्पष्ट लेखिएको छ ।

हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेकरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा थप सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाएको छ ।

आज अमेरिकाले भारतसँगको सम्बन्ध सुदृढ पार्नुका पछाडि त्यै रणनीतिले काम गरेको देखिन्छ । वास्तवमा अमेरिका आफू मात्रै नभई आफ्ना साझेदारहरूलाई समेत लिएर युद्धमा जाने तयारी गरिरहेको संकेत स्पष्ट देखिएको छ ।

नयाँ शीतयुद्धका रूपमा देखा परेको यो परिघटनाले नयाँ युद्धलाई जन्म दिएर पुँजीवादले आफ्नो संकट मोचनको दिशामा अगाडि बढ्न सक्दैन भन्ने स्थिति विल्कुलै छैन ।

प्रचण्डले बन्द शत्रमा पेश गरेको ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको पेज १७ मा पनि प्रचण्डले अमेरिकाको कडा आलोचना गरेका छन् । प्रचण्डले लेखेका छन्– ठूला ठूला बहुराष्ट्रिय निगम मार्फत अमेरिकाले नै कम्प्युटर माइक्रो इलेक्ट्रोनिक्स, स्वचालित उपकरण, हवाइजहाज, आदी माथि एकाधिकार कायम गर्न सैन्य बजेट र विश्वका बिभिन्न देशहरुमा सैनिक अड्डा कायम गर्न सर्बाधिक ठूलो धनराशी खर्च गरेको छ।

विश्वका ७० देशमा अमेरिकाको सैनिक सञ्जाल फैलिएको छ। आफ्नो साम्राज्यबादी स्वार्थ पुरा गर्न उनीहरुले नियोजित रुपमा जातिय दंगा, हिंसात्मक भिडन्त र स्थानीय युद्ध थोपरेर व्यापक रुपमा हतियार बिक्री गर्ने गरेको अनगिन्ती तथ्यहरु छन्। उनले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफलका लागि २५  समूह बनाइएको छ ।

 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ११ : ५३ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार