हरेक पटकको राजनीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेका छन् : विश्वकर्मा « Khabarhub

हरेक पटकको राजनीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेका छन् : विश्वकर्मा


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेको आरोप लगाएका छन् । जन पत्रकार संगठन कर्णालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वकर्माले यस्तो आरोप लगाएका हुन् ।

०२०७ साल, २०४६ साल र २०६२–०६३ को जनआन्दोलने व्यवस्था परिवर्तन ल्याएको र परिवर्तनका लागि लड्ने नेताहरूले राष्ट्रघात गरेको उनले बताए । ‘जनताले ठूलो बलिदानबाट राज्यको परिवर्तन गर्ने गरेका छन् । त्यो सुशासन र विकासका लागि हो’, उनले भने, ‘तर नेताहरुले कहिले गण्डक, कोशी र कर्णाली बेचेका छन् । अहिले एमसीसीका नाममा पनि त्यस्तै हुँदैछ ।’

नेपालमा ०४६ सालदेखि जनताको दुःख दिने संसदीय व्यवस्थाको सुदृढ गर्न फेरि स्थानीय चुनावको चर्चा गरिएको भन्दै उनले स्थानीय चुनावले जनताको समस्या समाधान नहुने ठोकुवा गरे ।

स्थानीय चुनाव संसदीय चुनाव नभएर जनताको लागि वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने जनमतसंग्रह गर्न आग्रह गरे । ‘अब व्यवस्था परिवर्तनका लागि जनमत संग्रह हुन जरुरी छ । यहाँ कहाँको स्थानीय तहको निर्वाचनको कुरा गरिरहेका छन्’, उनले भने, ‘जनताले के चाहेका छन् भन्ने उनीहरूले बुझेका छैनन् ।’

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ४ : ३० बजे

मुन्धुम ट्रेललाई खेल पर्यटनसँग जोड्ने मगेन्द्रको अठोट

काठमाडौं– मगेन्द्र राई भोजपुरमा जन्मिए, पढे, बढे । ओस्याइलो भूगोल,

बर्दिया घटनाबारे गृहको चासो : सत्य तथ्य छानबिन गर्न समिति गठन 

काठमाडौं– गृह मन्त्रालयले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येय : सञ्चारमन्त्री खरेल

पाटन–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले  सुशासनमार्फत भ्रष्टाचारको अन्त्य  र

समाजमा महिलामाथि हुने अदृश्य हिंसा अझै उस्तै : न्यायाधीश सपना मल्ल 

काठमाडौं– प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा

चन्द्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शनिबार दिउँसोदेखि अवरुद्ध भएको सडक