नेपाल–भारत जोड्ने खलंगास्थित सीमा पुलको खुला रहने समय बढाइयो | Khabarhub Khabarhub

नेपाल–भारत जोड्ने खलंगास्थित सीमा पुलको खुला रहने समय बढाइयो


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– नेपाल–भारत जोड्ने दार्चुला सदरमुकाम खलंगास्थित झोलुङ्गे पुल खुला रहने समय सीमा बढाइएको छ । सीमा पुल खुला रहने समय बिहान सवा ७ बजेदेखि बेलुकी सवा ५ बजे रहेकोमा मंगलबारबाट समय बढाएर साँझ सवा ७ बजेसम्मका लागि कायम गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

सीमा पुल खुला रहने समय बढाउनका लागि भारतको धार्चुला तहसिलले दार्चुला प्रशासनलाई पत्राचार गरेको थियो । दुबै देशका नागरिकहरूको हित देखिएकाले सीमा पुल खुला रहने समय बढाइएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।

नेपाली नागरिकहरू दैनिक आवश्यक पर्ने खाद्यान्न सामग्री किन्न भारतीय बजार धार्चुला जाने गरेका छन् भने भारतीय नागरिकहरू कपडा लगायतका सामान किन्न नेपाली बजारमा आउने गरेका छन् । बेलुका सवा ५ बजे सीमा पुल बन्द हुँदा किनमेल गर्न दुबैतर्फ आउनेजाने नागरिकहरू समस्यामा पर्ने गरेका थिए ।

दार्चुला सदरमुकाम खलंगास्थित सीमा पुल खुला रहने समय सीमा बढाइएको भए पनि दार्चुला जिल्लाका अन्य सीमा पुलहरू पूर्ववत् समयमै खुल्ने तथा बन्द हुने प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । ‘सदरमुकामको सीमा क्षेत्रमा बढी भिडभाड हुने भएकाले यस पुलको समय बढाइएको हो अन्य नाकाहरूमा पनि क्रमशः लागु हुन्छ’, उनले भने ।

ब्यास गाउँपालिका ५ को तिग्रम पुल हाल बिहान १० बजेदेखि बेलुका सवा ५ बजेसम्म सञ्चालनमा रहेको छ । बिहान ढिलो गरी पुल खुल्दा सीमा क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा पुल बिहान ७ बजेदेखि खुला गर्न भारतको धार्चुला तहसिललाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । ब्यास गाउँपालिका क्षेत्रमा नेपालको बाटो भएर सदरमुकाम आवतजावत गर्न अप्ठ्यारो बाटो भएकाले त्यस क्षेत्रका बासिन्दा भारतको बाटो भएर आवतजावत गर्ने गरेका छन् ।

दार्चुलामा ब्यास गाउँपालिका १ सीतापुल, वडा नं ५ को तिग्रम, महाकाली नगरपालिका ४ को खलंगा, वडा नं ९ को दत्तु, मालिकार्जुन गाउँपालिका ७ को जोलजिवी र लेकम गाउँपालिका ३ को लाली गरी महाकाली नदीमाथि नेपाल–भारत जोड्ने पाँचवटा सीमा पुल सञ्चालनमा छन् । न्यूजकारखाना

 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : ०० बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने