नेपाल–भारत जोड्ने खलंगास्थित सीमा पुलको खुला रहने समय बढाइयो « Khabarhub

नेपाल–भारत जोड्ने खलंगास्थित सीमा पुलको खुला रहने समय बढाइयो


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– नेपाल–भारत जोड्ने दार्चुला सदरमुकाम खलंगास्थित झोलुङ्गे पुल खुला रहने समय सीमा बढाइएको छ । सीमा पुल खुला रहने समय बिहान सवा ७ बजेदेखि बेलुकी सवा ५ बजे रहेकोमा मंगलबारबाट समय बढाएर साँझ सवा ७ बजेसम्मका लागि कायम गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

सीमा पुल खुला रहने समय बढाउनका लागि भारतको धार्चुला तहसिलले दार्चुला प्रशासनलाई पत्राचार गरेको थियो । दुबै देशका नागरिकहरूको हित देखिएकाले सीमा पुल खुला रहने समय बढाइएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।

नेपाली नागरिकहरू दैनिक आवश्यक पर्ने खाद्यान्न सामग्री किन्न भारतीय बजार धार्चुला जाने गरेका छन् भने भारतीय नागरिकहरू कपडा लगायतका सामान किन्न नेपाली बजारमा आउने गरेका छन् । बेलुका सवा ५ बजे सीमा पुल बन्द हुँदा किनमेल गर्न दुबैतर्फ आउनेजाने नागरिकहरू समस्यामा पर्ने गरेका थिए ।

दार्चुला सदरमुकाम खलंगास्थित सीमा पुल खुला रहने समय सीमा बढाइएको भए पनि दार्चुला जिल्लाका अन्य सीमा पुलहरू पूर्ववत् समयमै खुल्ने तथा बन्द हुने प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । ‘सदरमुकामको सीमा क्षेत्रमा बढी भिडभाड हुने भएकाले यस पुलको समय बढाइएको हो अन्य नाकाहरूमा पनि क्रमशः लागु हुन्छ’, उनले भने ।

ब्यास गाउँपालिका ५ को तिग्रम पुल हाल बिहान १० बजेदेखि बेलुका सवा ५ बजेसम्म सञ्चालनमा रहेको छ । बिहान ढिलो गरी पुल खुल्दा सीमा क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा पुल बिहान ७ बजेदेखि खुला गर्न भारतको धार्चुला तहसिललाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । ब्यास गाउँपालिका क्षेत्रमा नेपालको बाटो भएर सदरमुकाम आवतजावत गर्न अप्ठ्यारो बाटो भएकाले त्यस क्षेत्रका बासिन्दा भारतको बाटो भएर आवतजावत गर्ने गरेका छन् ।

दार्चुलामा ब्यास गाउँपालिका १ सीतापुल, वडा नं ५ को तिग्रम, महाकाली नगरपालिका ४ को खलंगा, वडा नं ९ को दत्तु, मालिकार्जुन गाउँपालिका ७ को जोलजिवी र लेकम गाउँपालिका ३ को लाली गरी महाकाली नदीमाथि नेपाल–भारत जोड्ने पाँचवटा सीमा पुल सञ्चालनमा छन् । न्यूजकारखाना

 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : ०० बजे

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली