बडीगार्डसँग पामेलाको पाँचौं विवाह « Khabarhub

बडीगार्डसँग पामेलाको पाँचौं विवाह


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स – हलिउडकी प्रख्यात अभिनेत्री र मोडल पामेला एन्डरसन पुनः एकपटक आफ्नो विवाहका कारण चर्चामा छिन् । उनले पाँचौं पटक विवाह गरेपछि चर्चा चुलिएको हो । पामेलाले आफ्ना बडीगार्ड डेन हेहसर्टसँग विवाह गरेकी हुन् ।

पामेलाले हालैमात्र डेली मेललाई अन्तरवार्ता दिएकी थिइन् । जुन अन्तरवार्तामा उनले आफ्नो जीवनसँग जोडिएका अनेक कुरा खुलाएकी थिइन् ।

उनले अन्तरवार्तामा पाँचौं पति डेनसँग लकडाउनको समयमा प्रेम गरेको र त्यसपछि विवाह गर्ने निर्णय लिएको खुलाएकी छन् ।

‘म प्रेममा थिएँ र हामीले क्रिसमसको बेलुका विवाह गर्‍यौं । हामीलाई दुवै परिवारको आशिवार्द पनि मिलेको छ । सबैजना हाम्रो विवाहलाई लिएर खुशी छन् । मेरो २५ वर्ष अघि किनेको वृद्ध पुस्ताको सम्पत्तिमा विवाह भएको हो । यो त्यही स्थान हो, जहाँ मेरा आमाबाबुले विवाह गरेका थिए ।’ उनले भनेकी छन् ।

कोरोना महामारीको कारण जनाउदै उनले आफ्नो विवाहमा कोही पनि पाहुनालाई बोलाइनन् । यसअघि उनले हेयरड्रेसर जोन पीटर्ससँग विवाह गरेकी थिइन् । उनको यो विवाह १२ दिन पछि तोडिएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १० : ४४ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म