केही दिनपछि छलफल गर्न निर्वाचन आयोगसँग प्रचण्ड-नेपाल समूहको आग्रह « Khabarhub

केही दिनपछि छलफल गर्न निर्वाचन आयोगसँग प्रचण्ड-नेपाल समूहको आग्रह


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले छलफल केही दिन पछि गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ।

प्रचण्ड-नेपाल समूह अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको भन्दै केही दिनपछि छलफल गर्न आयोगलाई आग्रह गरेको हो।

नेकपाका नेता लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधानले आयोगमा पुगेर बुझाएको पत्रमा निर्वाचन सम्बन्धि छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न आयोगलाई आग्रह गरेको छ।

No description available.

आयोगले बिहीबार दुवै समूहलाई पत्रचार गर्दै निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न शुक्रबार बिहान ११ बजे बोलाएको थियो।

उनीहरुले १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न आयोगलाईपत्रमार्फत अनुरोध गरेका छन्।

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १२ : ३२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।