कर्मचारीमा कोरोना देखिएपछि दूतावासको कार्यालय बन्द « Khabarhub

कर्मचारीमा कोरोना देखिएपछि दूतावासको कार्यालय बन्द


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियास्थित क्वालालम्पुरमा रहेको नेपाली दूतावासमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि दूतावास बन्द गरिएको छ ।

मलेसियाको क्वालालम्पुर क्षेत्र लगायत अन्य शहर हरुमा फेरि कोरोनाको प्रभाव बढ्दै गएपछि दुतावासमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएको हो ।

नेपाली दूतावास मलेसियाले राजधानी क्वालालम्पुर तथा वरिपरिका क्षेत्रहरुमा कोभिड संक्रमित संख्या बढिरहेकोले सुरक्षा सतर्कताको तयारी गर्ने कार्यको लागि दूतावासका सेवा बन्द गरिएको एक कर्मचारीले बताए ।

हालसम्म मलेसियामा १ लाख ९८ हजार २०८ जनामा संक्रमण देखिएको छ भने १ लाख २९९ जनाले स्वास्थ्य लाभ लिएका छन् । जम्मा ७१७ जनाको निधन भएको छ । मलेसियामा हाल आवागमन नियन्त्रण आदेश (एमसिओ) पुनः लागू गरिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १२ : ५५ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६