कर्मचारीमा कोरोना देखिएपछि दूतावासको कार्यालय बन्द « Khabarhub

कर्मचारीमा कोरोना देखिएपछि दूतावासको कार्यालय बन्द


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियास्थित क्वालालम्पुरमा रहेको नेपाली दूतावासमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि दूतावास बन्द गरिएको छ ।

मलेसियाको क्वालालम्पुर क्षेत्र लगायत अन्य शहर हरुमा फेरि कोरोनाको प्रभाव बढ्दै गएपछि दुतावासमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएको हो ।

नेपाली दूतावास मलेसियाले राजधानी क्वालालम्पुर तथा वरिपरिका क्षेत्रहरुमा कोभिड संक्रमित संख्या बढिरहेकोले सुरक्षा सतर्कताको तयारी गर्ने कार्यको लागि दूतावासका सेवा बन्द गरिएको एक कर्मचारीले बताए ।

हालसम्म मलेसियामा १ लाख ९८ हजार २०८ जनामा संक्रमण देखिएको छ भने १ लाख २९९ जनाले स्वास्थ्य लाभ लिएका छन् । जम्मा ७१७ जनाको निधन भएको छ । मलेसियामा हाल आवागमन नियन्त्रण आदेश (एमसिओ) पुनः लागू गरिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १२ : ५५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।