कर्मचारीमा कोरोना देखिएपछि दूतावासको कार्यालय बन्द « Khabarhub

कर्मचारीमा कोरोना देखिएपछि दूतावासको कार्यालय बन्द


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियास्थित क्वालालम्पुरमा रहेको नेपाली दूतावासमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि दूतावास बन्द गरिएको छ ।

मलेसियाको क्वालालम्पुर क्षेत्र लगायत अन्य शहर हरुमा फेरि कोरोनाको प्रभाव बढ्दै गएपछि दुतावासमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएको हो ।

नेपाली दूतावास मलेसियाले राजधानी क्वालालम्पुर तथा वरिपरिका क्षेत्रहरुमा कोभिड संक्रमित संख्या बढिरहेकोले सुरक्षा सतर्कताको तयारी गर्ने कार्यको लागि दूतावासका सेवा बन्द गरिएको एक कर्मचारीले बताए ।

हालसम्म मलेसियामा १ लाख ९८ हजार २०८ जनामा संक्रमण देखिएको छ भने १ लाख २९९ जनाले स्वास्थ्य लाभ लिएका छन् । जम्मा ७१७ जनाको निधन भएको छ । मलेसियामा हाल आवागमन नियन्त्रण आदेश (एमसिओ) पुनः लागू गरिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १२ : ५५ बजे

ललितपुर महानगरद्वारा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मानित

काठमाडौं– २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रमको

जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा आज एकमात्र खेल हुँदैछ ।

प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार

एनपीएल २०२५ : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा, प्लेअफको रोमाञ्चक दौड जारी

काठमाडौं- जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा हालसम्म

मधेशकी समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त

जनकपुरधाम– मधेश प्रदेशकी महिला तर्फ समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त