छतिवनमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते « Khabarhub

छतिवनमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा आज बिहान सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका २२ जना यात्रु घाइते भएका छन् ।

यात्रुलाई स्थानीय गाउँले र प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा र चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते यात्रुलाई हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले जानकारी दिए । बसका चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिरहेको पनि उनले बताए ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १ : १९ बजे

बालेनको ककपिटमा नअटाएका रवि !

दुई दाजुभाइ नदी किनारमा घुम्न गएछन् । घुम्दै जाँदा झुक्किएर

हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक नाटक मात्रै हो : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ठोस र

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु