अक्षयको पारिश्रमिक १३५ करोड « Khabarhub

अक्षयको पारिश्रमिक १३५ करोड


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता अक्षय कुमार बलिउडको ‘हिट मेसिन’ मानिन्छन् । सन् २०१९ मा अक्षयको फिल्मले बक्सअफिसमा ७ सय करोडको व्यापार गरेको थियो ।

त्यसपछि उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेता बने । अक्षय बलिउडका एक्ला अभिनेता हुन्, जसको नाम सन् २०२० को फोब्र्स सूचीमा परेको थियो ।

यिनै अक्षयले एकपटक पुनः आफ्नो पारिश्रमिक बढाएका छन् । अक्षय हरेक फिल्मबाट १ सय २० करोड पारिश्रमिक लिन्थे, तर अब उनले १ सय ३५ करोड लिने भएका छन् । अक्षय जोडिएका प्रायः सबै फिल्म हिट भएपछि उनले पारिश्रमिक बढाएका हुन् ।

बलिउडका निर्देशकहरु अक्षयको नामसँग जोडिएको फिल्महरु कमै मात्र फ्लप भएको बताउछन् । त्यहीकारण पनि निर्माता र निर्देशकहरु उनीसँग काम गर्न मरिहत्ते गर्छन् । सन् २०२१ मा अक्षयका कैयौं फिल्म रिलिजको तयारीमा छन् ।

यो वर्ष उनको ‘सूर्यवंशी’, ‘राम सेतू’, ‘रक्षा–बंधन’, ‘बेल बटन’, ‘पृथवीराज चौहान’, ‘अतरंगी रे’, ‘बच्चन पाण्डे’ लगायतका फिल्म रिलिज हुँदैछन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १ : ३० बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो