कुखुरा रोग नियन्त्रण गर्न खोप « Khabarhub

कुखुरा रोग नियन्त्रण गर्न खोप


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिकाका–२ थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएको छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बचेका कुखुराकाको रक्षाका लागि खोप ल्याइने भएको छ ।

केही दिन अगाडि मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै स्थानीयद्वारा विभिन्न सञ्चार मिडियामा जानकारी गराएपछि सम्बन्धित पशु सेवा कार्यालयले खोपको व्यवस्था गर्न लागेको हो ।

गाउँमा फैलिएको रोगका बारेमा जानकारी पाउन र शव परीक्षणका लागि जिल्ला पशु सेवा कार्यालय हुम्लाले माघ १२ गते मरेको कुखुरा पशु रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाएपछि सो कार्यालयले रानीखेत रोग पुष्टि भएको पशु विकास कार्यालयका सूचना अधिकारी कृष्ण रोकायाले बताए ।

सूचना अधिकारी रोकायाका अनुसार “कुखुरामा फैलिएको रानीखेत रोगको उपचारका लागि खोपसमेत लिएर अबको केही दिनमा टोली गाउँतर्फ जाने तयारी गरिरहेको छ, ।” यो रोगका लागि सुर्खेतबाट बिहीबार पाँच हजार खोप जिल्लामा पुगिसकेको जनाइएको छ । थाली गाउँमा दैनिक १५/२० वटा कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  २ : ३० बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा