शैक्षिक सुधारका लागि त्रिपक्षीय समन्वय आवश्यक « Khabarhub

शैक्षिक सुधारका लागि त्रिपक्षीय समन्वय आवश्यक


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– शैक्षिक गुणस्तरीयताका लागि त्रिपक्षीय समन्वय आवश्यक रहेकामा जोड दिइएको छ । सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्दै पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक एक्लैले मात्र नसक्ने भएकाले शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

समुदायमा शिक्षाप्रति अझै दायित्व बोध नहुँदा शैक्षिक गुणस्तर कमजोर भएको उल्लेख गर्दै उनले अझै पनि विद्यालय व्यवस्थापन समिति राजनीति गर्ने थलोका रुपमा बुझ्दा शिक्षाको विकास कमजोर भएको बताए ।

विद्यालय प्रविधिमैत्री नभई शैक्षिक गुणस्तर र सुशासन कायम हुन नसक्ने बताउँदै उनले गुणस्तरीय शिक्षा र सुशासन कायम गर्न विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।

अबको शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई राज्यको अर्थतन्त्रसँग जोडिनुपर्ने बताउँदै उनले बजारमा बिक्री हुने खालको शिक्षाको जरुरी रहेको बताए ।

धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न नगर शिक्षा सम्मेलनबाट २५ बुँदे ‘नगर शिक्षा घोषणापत्र २०७७’ जारी गरिएको छ । शिक्षाको प्रसार एवं सवलीकरण, व्यावसायिक र गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा सम्मेलन’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा नगर क्षेत्रमा ३३ सामुदायिक, २३ संस्थागत छ धार्मिक विद्यालय सहभागी रहेको शिक्षा शाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  २ : ४५ बजे

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको