पूर्वराजा शाहद्वारा ‘माउन्ट केटू’ आरोही नेपाली टोलीलाई बधाई « Khabarhub

पूर्वराजा शाहद्वारा ‘माउन्ट केटू’ आरोही नेपाली टोलीलाई बधाई


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व राजा ज्ञानेन्द्र शाहले हालै विश्वकै दोस्रो अग्लो हिमाल ‘माउन्ट केटू’ को सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राखेको नेपाली टोलीलाई बधाई दिएका छन् ।

उनले आज एक शुभकामना सन्देश जारी गर्दै सर्वाधिक चीसो मौसममा पनि साहसका साथ गरेको आरोहणको उच्च कदर गरेका छन् ।

‘सर्वाधिक चीसो मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवम् सम्मानभाव प्रकट गर्दछु । त्यस्तो प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्थामा वृद्धि भएको अनुभूति मैले लिएको छु’, उनले बधाई सन्देशमा भनेका छन्- ‘नेपाल विश्वका अनेकौँ उच्चम हिमालको देश हो । अनि अनकौँ साहसी आरोही र पथप्रदर्शक र प्रेरकको मुलुक हो ।’

हालै १० नेपालीले माउन्ट केटू हिमालको आरोहण गरी कीर्तिमानी राखेका थिए ।

शाहद्वारा जारी पत्र

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ४ : ४५ बजे

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको