विदेशी पर्यटक आवागमनलाई सहज बनाउँदै सरकार  | Khabarhub Khabarhub

विदेशी पर्यटक आवागमनलाई सहज बनाउँदै सरकार 


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ महामारीबाट अर्थतन्त्रका अन्य क्षेत्रजस्तै सबै भन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले रणनीतिक महत्वका अल्पकालीन र दीर्घकालीन योजनासहितका कार्यक्रम अघि बढाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले महामारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुनरुत्थानसाथै उत्साहवद्र्धक गतिविधि सञ्चालनका लागि सरोकारवालासँगको समन्वयमा प्रवावकारी योजना कार्यक्रम ल्याइने बताए ।

महामारीबाट थलिएको पर्यटन प्रवद्र्धनका कार्यक्रम कसरी अघि बढाउने आदि विषयमा मन्त्रालयमा आज पर्यटन विटका पत्रकारसँगको छलफल र सुझाव लिँदै पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको विभिन्न स्थानलाई तत्कालीन र नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने कार्यलाई यथाशीघ्र अघि बढाइने बताए ।

पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको प्रभावकारी प्रवद्र्धन तथा यसका गतिविधिलाई अघि बढाउन मन्त्रालयले पञ्जवर्षीय योजना तथा आवधिक रुपमा सरकारको नीति तथा कार्यक्रममा परेका विषयलाई सम्बोधन गरिनुका साथै १० वर्षे योजनामासमेत पर्यटनका विषयलाई समेटिने बताए ।

उनले गुणात्मक पर्यटक भित्र्याउन, दिगो वन रणनीतिका कार्यक्रम अघि बढाउन मन्त्रालय लागि परेको जानकारी दिए ।

“म ठूलो महत्वकांक्षी आयोजना ल्याउने पक्षमा छैन, जति गर्न सकिन्छ राम्रो गरेर जाने हो, मन्त्री बद्लिए पनि नीतिमा निरन्तरता छ, यसअघिका मन्त्री पनि मेरा सहकर्मी भएकाले कतिपय रणनीतिक महत्वका काम समन्वयकासाथ निरन्तरता दिने पक्षमा छु”, मन्त्री ढकाल भने ।

अनअराइभल भिसाको व्यवस्था गरिने

पर्यटनमन्त्री ढकालले विदेशी पर्यटकको नेपाल आवागमनलाई सहज तुल्याउन मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी अनअराइभल भिसाको व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताए ।

उनले कोभिड विरुद्धको खोप लगाएर आएको विदेशी नागरिक निर्वाध रुपले नेपाल घुम्न पाउनुपर्छ भन्ने मन्त्रालयको धारणा रहेको र सोही अनुरुप माथिल्ला निकायमा पत्राचार गरिएको बताए ।

पर्यटक आवागमनलाई सहज तुल्याउन मन्त्रालयकातर्फबाट लागि परेको उनको भनाइ छ ।

“हिजो आफू स्वास्थ्य तथा जनस्ख्यामन्त्री हुँदा स्वास्थ्य प्रोटोकल बनाएको आज पर्यटनमा आउँदा नैतिक रुपमा आफैले बनाएको मापदण्ड खुकुलो बनाउनुपर्ने बाध्यता आइपरेको छ, पर्यटनमन्त्री ढकालले भने, “तर, हिजोको जस्तो २५ जनाभन्दा बढी जम्मा हुन नपाउने भन्ने कुरा रहेन । आज सत्तारुढ तथा सत्ता बाहिरका राजनीतिक दलले ५०औँ हजार मानिस जम्मा गरेर दैनिकजसो सभा सम्मेलन गरिरहेका छन्, त्यसैले हिजोको मापदण्ड परिवर्तन गरेरै जानुपर्छ, मन्त्रालय यसमा लागिसकेको छ ।”

पिसीआर नेगेटिभ रिपोर्ट भए क्वारेन्टिन बस्नु नपर्ने

हाल ७२ घण्टे पिसीआर रिपोर्टकासाथ होटल क्वारेन्टिन बस्नुपर्ने झण्झटले विदेशी पर्यटक आवागमनमा असहज भएको भनी व्यवसायीले गुनासो गरिरहेकाबेला पर्यटन मन्त्रालयले उक्त मापदण्ड खुकुलो बनाउने भएको छ ।

पर्यटनमन्त्री ढकालले पिसीआर नेगेटिभ रिपोर्टले निर्वाध रुपमा घुम्न पाउने र खोपलगाएर आएको विदेशीले सहज रुपमा नेपाल भ्रमण गर्नसक्ने व्यवस्थासहित मन्त्रालयले निर्णय गरी कोभिड– १९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई पत्राचार गरिएको र छिट्टै मन्त्रिपरिषदबाट निर्णय हुने जानकारी दिए ।

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ६ : ४० बजे

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

महोत्तरी– राष्ट्रिय जनगणना–२०७८ को तथ्यांकअनुसार मधेसमा २० वर्ष नपुगी विवाह

कृषि पेसाप्रति युवापुस्ताको आकर्षण बढाउनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको

बाइडेनलाई राष्ट्रपति उम्मेदवारबाटै हटाइँदैछ ?

एजेन्सी– अमेरिकामा राष्ट्रपतीय निर्वाचन अन्तर्गत पहिलो प्रेसिडेन्सीयल बहस सकिएको छ

लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच सैनिकको मृत्यु

काठमाडौं– भारतको लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच भारतीय

गुटबन्दीकै कारण पार्टीले ठूलो धक्का खाएको छ : माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले